YouVersion लोगो
खोज आइकन

१ तिमोथी 4:7-10

१ तिमोथी 4:7-10 सरल नेपाली

ईश्‍वरहीन र अर्थहीन दन्‍त्‍यकथाहरूलाई नमान्‍नू तर भक्तिको जीवन बिताउन अभ्‍यास गर्नू। शरीरको कसरतमा लाग्‍यौ भने त थोरै कुरामा मात्र फाइदा हुन्‍छ। तर आत्‍माको कसरत गर्‍यौ भने धेरै कुराको फाइदा हुन्‍छ। यसले त अहिलेको र पछिको जीवनमा फाइदाको निम्‍ति प्रतिज्ञा दिन्‍छ। यो विश्‍वास गरेर मान्‍नुपर्ने साँचो कुरा हो। यसकारणले हामी दिलोज्‍यानले काम गर्छौं किनभने हामी हाम्रो जिउँदो परमेश्‍वरबाट कहिल्‍यै निराश हुँदैनौं। उहाँ नै सबै मानिसहरूलाई खास गरी उहाँमा विश्‍वास राख्‍ने जतिलाई छुटकारा दिने परमेश्‍वर हुनुहुन्‍छ।

१ तिमोथी 4 पढ्नुहोस्