YouVersion लोगो
खोज आइकन

१ तिमोथी 2:1-5

१ तिमोथी 2:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्, राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं। हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ। सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ। किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।

शेयर गर्नुहोस्
१ तिमोथी 2 पढ्नुहोस्

१ तिमोथी 2:1-5 पवित्र बाइबल (NERV)

प्रथमतः म तिमीलाई सबैकोलागि प्रार्थना गर भनेर निवेदन गर्छु। परमेश्वरसित सबैको बारेमा कुरा गर। मानिसहरूलाई चाहिएको कुरो उहाँसित माग र उहाँलाई धन्यवाद चढाऊ। राजाहरू अनि उनीहरू सबैकोलागी जो अधिकार-सम्पन्न छन्, प्रार्थना गर जसमा कि हामी शान्तिसित अनि कुनै वाधाबिना जिउन पाऊँ जसमा कि हामी हरेक प्रकारले परमेश्वरको आराधना गर्न सकुँ अनि उहाँ प्रति सम्मान देखाउन पाऊँ। यही राम्रो हुन्छ र यसले हाम्रा उद्धारकर्त्ता परमेश्वर प्रसन्न हुनुहन्छ। परमेश्वर सबैको उद्धार भएको चाहनुहुन्छ अनि उहाँ यो पनि चाहनुहुन्छ कि यो सत्यलाई सबैले जानुन्। परमेश्वर एकमात्र हुनुहुन्छ अनि मानिसहरूको उहाँकहाँ पुग्ने बाटो पनि एउटै छ। त्यो बाटो येशू ख्रीष्ट मार्फत हो, जो एकजना मानिस पनि हुनुहुन्छ।

शेयर गर्नुहोस्
१ तिमोथी 2 पढ्नुहोस्

१ तिमोथी 2:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब सबैभन्दा पहिले म भन्‍छु, सबै मानिसहरूका लागि नम्र निवेदन, प्रार्थना, अन्तर्बिन्‍ती र धन्‍यवाद पनि चढाउने गर। राजाहरू र सरकारी मानिसहरूका लागि पनि प्रार्थना गर्ने गर। त्‍यसो भए हामी सुखशान्‍तिको जीवनले पूरा समय परमेश्‍वरकै भक्ति र ध्‍यानमा लाग्‍न सक्‍नेछौं। यसो गर्नु राम्रो कुरो हो र हाम्रा मुक्तिदाता परमेश्‍वरले पनि यही मन पराउनुहुन्‍छ। सबै मानिसहरू बाँचून् र सत्‍यलाई राम्ररी चिनून् भन्‍ने नै उहाँको इच्‍छा छ। परमेश्‍वर एउटै हुनुहुन्‍छ अनि मानिसहरूलाई परमेश्‍वरमा ल्‍याउने पनि एउटै मध्‍यस्‍थ हुनुहुन्‍छ। यो मध्‍यस्‍थ मानिसचाहिँ ख्रीष्‍ट येशू हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ तिमोथी 2 पढ्नुहोस्