YouVersion लोगो
खोज आइकन

१ तिमोथी 2

2
आराधनाको निम्ति शिक्षा
1सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्, 2राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं। 3हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ। 4सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ। 5किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू। 6उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो। 7यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्‍वास र सत्‍यतामा अन्‍यजातिहरूका निम्‍ति चाहिँ शिक्षक। म साँचो भन्‍दछु, म ढाँट्‌दिनँ।#२ तिमो १:११
8यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।
9यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,#१ पत्र ३:३ 10तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।
11स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌। 12तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌। 13किनभने आदम नै पहिले सृजिएका हुन्, त्‍यसपछि हव्‍वा।#उत २:७,२१-२२ 14आदम छलिएका होइनन्, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।#उत ३:१-६ 15तरै पनि, यदि तिनी सुशीलतासाथ विश्‍वास, प्रेम र पवित्रतामा रहिन्‌ भने, बालक जन्‍ममा तिनी बचाइनेछिन्‌।

अहिले सेलेक्ट गरिएको:

१ तिमोथी 2: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्