१ शमूएल 30:16-20
१ शमूएल 30:16-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यसले बाटो देखाउँदै दाऊदलाई तल लग्यो। त्यहाँ अमालेकीहरू चारैतिर तितरबितर भएर खाँदै, पिउँदै र पलिश्ती र यहूदाका इलाकाहरूबाट लुटेका माल थुप्रिएकोमा हर्ष मनाउँदै थिए। दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्म लड़ाइँ गरे। उनीहरूमध्ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे। अमालेकीहरूले लगेका सबै जनालाई, तिनका दुई पत्नीहरूसमेत दाऊदले छुटाए। साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्त गरे। तिनले भेड़ाबाख्रा, गाई-गोरु सबै लिए, अनि तिनका मानिसहरूले अरू बथानका अगिअगि ती धपाउँदै लगे र भने, “यो दाऊदको लूट हो।”
१ शमूएल 30:16-20 पवित्र बाइबल (NERV)
त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए। दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए। अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे। कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनः प्राप्त गरे। सबै भेंडा, बाख्रा, गाई, गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”
१ शमूएल 30:16-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
र त्यसले दाऊदलाई तिनीहरूकहाँ पुर्यायो। छापामारहरू जहीँतहीँ छरिएर चारैतिर खाँदै-पिउँदै र उत्सव मनाउँदै थिए किनभने तिनीहरूले धेरै धन-सम्पत्ति पलिश्त र यहूदाबाट लुटेका थिए। भोलिपल्ट मिरमिरे उज्यालो हुँदा दाऊदले तिनीहरूलाई आक्रमण गरे र बेलुकासम्म लडाइँ गरिरहे। ऊँटमा चढी भागिजाने चार सय जना केटाहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्। दाऊदले आफ्ना दुई स्वास्नीहरूसहित अमालेकीहरूले लगेका सबैलाई र वस्तुहरूको उद्धार गरे। कुनै कुरा छोडिएन। दाऊदले आफ्ना सबै मानिसहरू, छोरा-छोरी र अमालेकीहरूले लुटिलगेका सबै सर-सामान फर्काए। तिनले सबै भेडा-बाख्रा र गाई-गोरुका बथानहरू फर्काए र तिनका मानिसहरूले ती गाई-वस्तुहरू अघि लाएर यसो भन्दै लगे, “यी दाऊदका हुन्!”