१ शमूएल 17:20-23
१ शमूएल 17:20-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोलिपल्ट बिहानै बगाललाई गोठालाहरूसँग सुम्पेर यिशैको आदेशअनुसार दावीद सामानहरू लादेर निस्के। सेनाहरू युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदै गर्दा दावीद छाउनीमा पुगे। इस्राएलीहरू र पलिश्तीहरू आमने-सामने खडा थिए। दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे। दावीद उनीहरूसँग कुरा गरिरहेका बेला गात सहरको वीर पलिश्ती गोल्यत छाउनीबाट बाहिर निस्केर जोरसँग धम्क्याउन थाल्यो; अनि त्यो दावीदले सुने।
१ शमूएल 17:20-23 पवित्र बाइबल (NERV)
बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेंडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए। इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे। दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो। जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैँ झैं इस्राएलीलाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो।
१ शमूएल 17:20-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊद भोलिपल्ट बिहानै उठे, अर्को मानिसलाई भेडाको हेरचाहा गर्न राखे, खाना बोकेर यिशैले भनेझैँ बिदा भए। इस्राएलीहरू छाउनीबाट निस्केर युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदैगरेका बेलामा तिनी छाउनीमा पुगे। पलिश्ती र इस्राएली सेनाहरू आमुन्ने-सामुन्ने खडा भएर लड्न आ-आफ्ना ठाउँमा उभिए। सेनाका सामानहरूका जिम्मावाललाई खानेकुराहरू दिएर दाऊद दगुरेर लडाइँको मैदानमा पङ्क्ति बाँधेका ठाउँमा आफ्ना दाजुहरूकहाँ गए र तिनीहरूसित भलाकुसारी सोधे। तिनले दाजुहरूसित कुरा गर्दैगर्दा गोल्यतले अघि आई सधैँझैँ इस्राएलीहरूलाई चुनौती दिन थाल्यो र त्यो दाऊदले सुने।
१ शमूएल 17:20-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिपल्ट बिहानै दाऊदले भेड़ाहरू कसैको हेरचाहमा छोड़ेर यिशैले अह्राएअनुसार आफ्नो काममा हिँड़े। सेना युद्ध-ध्वनि लगाउँदै आ-आफ्नो स्थान लिइरहेको बेलामा तिनी छाउनीमा पुगे। इस्राएलीहरू र पलिश्तीहरूले एक-अर्काको सामुन्ने पङ्क्ति बाँधिरहेका थिए। सामान राख्नेको जिम्मामा आफ्नो सामान दिएर पङ्क्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोग गरे। जब दाऊद तिनीहरूसँग कुरा गरिरहेका थिए, तब गातको त्यो पलिश्ती वीर गोल्यत आफ्नो फौजदेखि बाहिर निस्केर अघिझैँ हाँक दिन लाग्यो। अनि त्यसले भनेको कुरा दाऊदले सुने।