१ शमूएल 16:14-15
१ शमूएल 16:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका आत्माले शाऊललाई त्याग्नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्माले तपाईंलाई पक्रन्छ।
१ शमूएल 16:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो। शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्नुहोस्, परमेश्वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ।
१ शमूएल 16:14-15 पवित्र बाइबल (NERV)
परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो। शाऊलको नोकरले भन्यो, “परमेश्वरद्वारा पठाउँनु भएको दुष्ट आत्माले तपाईंलाई साह्रै दुःख दियो।
१ शमूएल 16:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको आत्माले शाऊललाई त्याग्नुभयो र परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तिनलाई सताउँथ्यो। तिनका नोकर-चाकरहरूले तिनलाई भने, “हामी जान्दछौं कि परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तपाईंलाई कष्ट दिन्छ।