१ पत्रुस 5:2-3
१ पत्रुस 5:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर।
१ पत्रुस 5:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको हेरचाहमा भएको परमेश्वरको बगालहरूको रखवालाको रूपमा गोठालो बनिदेओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैँ तिमीहरूको इच्छापूर्वक; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर!
१ पत्रुस 5:2-3 पवित्र बाइबल (NERV)
जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन।
१ पत्रुस 5:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्वरले चाहनुभएजस्तो परमेश्वरले तिमीहरूको जिम्मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर। तिमीहरूको जिम्मामा भएकाहरूमाथि हुकुम चलाउने होइन, तर उनीहरूका अघि आफैं नमुना बन।