१ पत्रुस 5:1-6
१ पत्रुस 5:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु। तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर। करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर। र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ। त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
१ पत्रुस 5:1-6 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्येका मण्डलीका प्रधानलाई, म पनि एक प्रधानको रूपमा, जो ख्रीष्टको दुःखको साक्षी र जो प्रकट हुन लागेको महिमामा सहभागी हुनेछ, तिमीहरूलाई अनुरोध गर्दछु: तिमीहरूको हेरचाहमा भएका परमेश्वरका भेडाहरूको रखवालाको रूपमा गोठालो होओ। तिमीहरूले गर्नैपर्छ भनेर होइन, तर परमेश्वरले चाहनुभएझैं तिमीहरूको इच्छाले; पैसाको लोभले होइन, तर तिमीहरूको उत्कट इच्छाले सेवा गर। तिमीहरूको जिम्मामा रहेकाहरूमाथि प्रभुत्व जमाएर होइन, तर बगालको निम्ति नमुनाहरू भएर गर! अनि जब प्रधान गोठालो देखा पर्नुहुनेछ, तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ। हे जवानहरूहो, यसरी नै उमेरमा मण्डलीका प्रधानहरूको अधीनतामा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर, किनकि, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” यसकारण परमेश्वरको शक्तिशाली हातमुनि आफूलाई नम्र बनाओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।
१ पत्रुस 5:1-6 पवित्र बाइबल (NERV)
अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन। हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ। “परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ, तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।” यसर्थ परमेश्वरको शक्तिशाली हातको छत्र-छाँयामा विनम्र बन। तब उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ जब सही समय आउँछ।
१ पत्रुस 5:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब म तिमीहरूकहाँ भएका मण्डलीका धर्म-गुरुहरूलाई भन्दछु। म पनि मण्डलीकै गुरु हुँ अनि ख्रीष्टले भोग्नुभएको दु:ख आफैंले देखेको छु र पछि प्रकट हुने सम्मान्को पनि साझेदार हुनेछु। त्यसैले भन्दछु, तिमीहरू खुसीसँग, करकापमा परेर होइन, तर परमेश्वरले चाहनुभएजस्तो परमेश्वरले तिमीहरूको जिम्मामा दिनुभएको बगालको गोठालो बनिदेओ। पैसाको लागि होइन, तर सेवा गर्ने मन लिएर यो काम गर। तिमीहरूको जिम्मामा भएकाहरूमाथि हुकुम चलाउने होइन, तर उनीहरूका अघि आफैं नमुना बन। मूल गोठालो आउनुहुँदा सधैँभरि चम्किरहने चहकिलो मुकुट पाउनेछौ। तन्नेरी मानिसहरूले पनि आफूभन्दा ठूलाहरूका अधीनमा रहने गर। तिमीहरू नम्र भएर बस अनि एक-अर्काको सेवा गर। धर्मशास्त्रले भन्छ, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूमाथि अनुग्रह राख्नुहुन्छ।” त्यसो हुँदा परमेश्वरका शक्तिशाली हातमुनि रहेर नम्र होओ र उहाँले तिमीहरूलाई ठीक समयमा ठूलो बनाउनुहुनेछ।