१ पत्रुस 2:7-10
१ पत्रुस 2:7-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।” र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो। तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
१ पत्रुस 2:7-10 नेपाली समकालीन संस्करण (NCV)
यसर्थ तिमी विश्वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गो कुनाको मुख्य बन्यो।” र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ र यस्तो चट्टान जसले तिनीहरूलाई खसाल्छ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उलङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए। तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पूजाहारीगिरी, एक पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति र तिमीहरूले उहाँलाई अर्थात् तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर। एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
१ पत्रुस 2:7-10 पवित्र बाइबल (NERV)
त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ: “निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा, तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।” जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्: “एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।” मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ। तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो। एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरू परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।
१ पत्रुस 2:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
विश्वास गर्ने तिमीहरूको लागि यो ढुङ्गा अनमोल हो। विश्वास नगर्नेको लागि त यो ढुङ्गो यस्तो छ, “डकर्मीहरूले काम लाग्दैन भनेको ढुङ्गा मूल-ढुङ्गा भयो। धर्मशास्त्रले भन्छ, “यही नै मानिसहरूलाई ठेस लाग्ने ढुङ्गा हो। यही पत्थरले गर्दा धेरै जना लड्नेछन्। परमेश्वरको वचन तिनीहरूले विश्वास नगरेकाले ठेस खानेछन्। तिनीहरूको निम्ति यस्तै तोकिएको थियो। तर तिमीहरू त छानिएका जन, राजकीय पूजाहारी, पवित्र जाति, तिमीहरूलाई अन्धकारबाट अचम्मको उज्यालोमा ल्याउनुहुने परमेश्वरका आफ्नै प्रजा हौ। उहाँले तिमीहरूलाई उहाँको उदेकका कामहरू प्रचार गर्न छान्नुभएको हो। पहिले त तिमीहरू परमेश्वरका प्रजा थिएनौ। तर अहिले परमेश्वरका प्रजा भएका छौ। पहिले तिमीहरूले परमेश्वरको दया पाएका थिएनौ, अहिले उहाँको दया पाएका छौ।