YouVersion लोगो
खोज आइकन

१ राजाहरू 9:6-9

१ राजाहरू 9:6-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तर तँ अथवा तेरा छोराहरूले मलाई पछ्याउन छोड़ेर मैले तिमीहरूलाई दिएका मेरा आज्ञा र विधिहरू पालन गरेनौ, र गएर अरू देवताहरूको सेवा गर्न गयौ, र तिनीहरूलाई पुज्‍यौ भने, तब मैले तिनीहरूलाई दिएको देशबाट म इस्राएललाई बहिष्‍कार गर्नेछु, र मैले मेरो नाउँको निम्‍ति पवित्र गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु। तब इस्राएलचाहिँ सबै मानिसहरूका बीचमा एउटा निन्‍दा र गिल्‍लाको पात्र बनिनेछ। यद्यपि यो मन्‍दिर अहिले प्रभावशाली छ, त्‍यसबाट जाने सबै मानिस अवाक्‌ भएर गिल्‍ला गर्दै यसो भन्‍नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्‍दिरसित यस्‍तो काम गर्नुभयो?’ मानिसहरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका छन्, जसले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभएको थियो, र तिनीहरूले अरू देवताहरूको सेवा गर्दै र यिनीहरूलाई पुज्‍दै आलिङ्गन गरेका छन्‌। यसैकारणले हो कि परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो’।”

शेयर गर्नुहोस्
१ राजाहरू 9 पढ्नुहोस्

१ राजाहरू 9:6-9 पवित्र बाइबल (NERV)

“तर यदि तिमी अथवा तिम्रा सन्तानले मेरो अनुशरण गर्न छोडेमा अनि नियम र आदेश पालन नगरे जो मैले तिमीलाई दिएको छु अनि यदि तिमीले अर्कै देवताहरूको पूजा र प्रार्थना गर्न थाल्यौ भने, तब म इस्राएललाई त्यो भूमि छोड्न वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुशरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु। यो मन्दिर ध्वंस हुनेछ। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’ अरू मानिसहरूले जवाफ दिनेछन्, ‘यस्तो किन भयो भने तिनीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई त्यागेका थिए। उनले आफ्ना पुर्खाहरूलाई मिश्रबाहिर ल्याएका थिए। तर तिनीहरूले अरू नै देवताहरूका अनुशरण गर्ने निर्णय लिए। तिनीहरू ती देवताहरूको पूजा र सेवा गर्न थाले। यसकारणले गर्दा परमप्रभुले यी सबै नराम्रा कार्यहरू तिनीहरूका लागि गरिदिनु भयो।’”

शेयर गर्नुहोस्
१ राजाहरू 9 पढ्नुहोस्

१ राजाहरू 9:6-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“तर तँ अथवा तेरा छोराहरू मदेखि तर्केर गए, र मैले तँलाई दिएका आज्ञाहरू र आदेशहरू मानेनन् भने, र अन्य देवी-देवताहरूको सेवा गर्दै तिनीहरूलाई पूजा गरे भने, मैले इस्राएललाई दिएको यस देशबाट म तिनीहरूलाई हटाउनेछु। अनि मैले आफ्नो नामको निम्ति पवित्र गरेको यस मन्दिरलाई म इन्कार गर्नेछु। तब इस्राएल सबै जातिहरूका बीचमा एउटा निन्दा र हाँसोको पात्र बन्‍नेछ। अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट जाने सबैले चकित हुँदै खिसी गरेर यसो भन्‍नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यसो गर्नुभएको होला?’ तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना परमेश्‍वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”

शेयर गर्नुहोस्
१ राजाहरू 9 पढ्नुहोस्

१ राजाहरू 9:6-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर तँ र तेरा सन्‍तानले मलाई मान्‍न छोड्यौ, मैले दिएका नियम र आज्ञाहरू पालन गर्न छोड्यौ र अरू देवताहरू पुज्‍न थाल्‍यौ भने म मेरा प्रजा इस्राएललाई मैले दिएको देशबाट हटाउनेछु। मेरो आराधना गरिनलाई मैले पवित्र गरेको यस मन्‍दिर पनि म त्‍याग्‍नेछु। सबै देशका मानिसहरूले इस्राएलको हाँसो उडाउनेछन् र अपमान गर्नेछन्। यो मन्‍दिर भताभुङ्ग हुनेछ र यसको छेउबाट भएर जाने सबैले अचम्‍म मान्‍नेछन् अनि विरक्त हुनेछन्। ‘किन परमप्रभुले यो देश र यस मन्‍दिरलाई यसरी विध्‍वंस गर्नुभयो?’ अनि मानिसहरूले यसरी उत्तर दिनेछन्, ‘यिनीहरूले आफ्‍ना पिता-पुर्खालाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागे। यिनीहरूले अरू देवताहरूलाई भक्ति र पूजा गरे। यसैकारण यो विनाश परमप्रभुले तिनीहरूमाथि ल्‍याउनुभयो।”

शेयर गर्नुहोस्
१ राजाहरू 9 पढ्नुहोस्