YouVersion लोगो
खोज आइकन

१ राजा 9

9
परमेश्‍वरले फेरि सोलोमनलाई दर्शन दिनुहुन्‍छ
(२ इतिहास ७:११-२२)
1सोलोमन राजाले मन्‍दिर, राजमहल र आफूले चाहेका अरू कुराहरू बनाइसकेपछि 2#१ राजा 3:5; २ इतिहास 1:7परमप्रभुले तिनलाई अघि गिबोनमा झैँ फेरि दर्शन दिनुभयो। 3परमप्रभुले उनलाई भन्‍नुभयो, “मैले तेरो प्रार्थना सुनें। तैँले बनाएको यस मन्‍दिरलाई सदाकाल मेरो आराधना-स्‍थल भनी म पवित्र गर्दछु। म यसको रखवाली गर्नेछु र सदाकाल प्रेम गर्नेछु। 4तेरा पिता दाऊदले झैँ तैँले इमानदार र निष्‍कपट भएर मेरो सेवा गरिस् र मेरा नियमहरू पालन गरिस् र सबै कुरा मेरा आज्ञाबमोजिम गरिस् भने 5#१ राजा 2:4तेरा पिता दाऊदलाई त्‍यसका सन्‍तानले सधैँ इस्राएलमाथि राज्‍य गर्नेछ भनी मैले दिएको मेरो प्रतिज्ञा म पूरा गर्नेछु। 6तर तँ र तेरा सन्‍तानले मलाई मान्‍न छोड्यौ, मैले दिएका नियम र आज्ञाहरू पालन गर्न छोड्यौ र अरू देवताहरू पुज्‍न थाल्‍यौ भने 7म मेरा प्रजा इस्राएललाई मैले दिएको देशबाट हटाउनेछु। मेरो आराधना गरिनलाई मैले पवित्र गरेको यस मन्‍दिर पनि म त्‍याग्‍नेछु। सबै देशका मानिसहरूले इस्राएलको हाँसो उडाउनेछन् र अपमान गर्नेछन्। 8#२ राजा 25:9; २ इतिहास 36:19यो मन्‍दिर भताभुङ्ग हुनेछ र यसको छेउबाट भएर जाने सबैले अचम्‍म मान्‍नेछन् अनि विरक्त हुनेछन्। ‘किन परमप्रभुले यो देश र यस मन्‍दिरलाई यसरी विध्‍वंस गर्नुभयो?’ 9अनि मानिसहरूले यसरी उत्तर दिनेछन्, ‘यिनीहरूले आफ्‍ना पिता-पुर्खालाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरलाई त्‍यागे। यिनीहरूले अरू देवताहरूलाई भक्ति र पूजा गरे। यसैकारण यो विनाश परमप्रभुले तिनीहरूमाथि ल्‍याउनुभयो।”
सोलोमन र हीराम बीचको सम्‍झौता
(२ इतिहास ८:१-२)
10परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहल बनाउन सोलोमनलाई बीस वर्ष लाग्‍यो। 11टुरोसका राजा हीरामले तिनलाई सबै देवदारु र सल्‍लाका काठहरू र ती भवन बनाउँदा काममा आउने सबै सुनहरू दिएका थिए। ती काम सकिएपछि सोलोमनले हीरामलाई गालीलका इलाकाभित्र बीस वटा सहरहरू दिए। 12हीरामले गएर ती सहरहरू हेरे तर मन पराएनन्। 13तिनले सोलोमनलाई भने, “भाइ, तपाईंले मलाई दिनुभएको सहर यस्‍तै हुन्?” यसैले त्‍यस ठाउँलाई अझसम्‍म काबूल भनिन्‍छ। 14हीरामले सोलोमनलाई चार हजार किलोग्रामभन्दा बढी सुन पठाइदिएका थिए।
सोलोमनका अरू कार्यहरू
(२ इतिहास ८:३-१८)
15मन्‍दिर र राजमहल बनाउन सहरको पूर्वपट्टि जमिन अग्‍लो बनाउन माटो थुपार्न र सहरका पर्खाल बनाउन सोलोमन राजाले बेगारी मजदूरहरू काममा लगाएका थिए। हासोर, मगिद्दो र गेजेर सहर बनाउन पनि तिनले बेगारीहरू नै लाएका थिए। 16(मिश्रका राजाले गेजेरमाथि हमला गरेर आफ्‍नो कब्‍जामा लिए। त्‍यहाँका बासिन्‍दाहरूलाई मारे र सहरमा डढेलो लाइदिएर त्‍यसलाई उनकी छोरीले सोलोमनसित विवाह गर्दा त्‍यसलाई त्‍यो सहर उपहार दिए। 17अनि सोलोमनले त्‍यो सहर फेरि बनाएका थिए।) बेगारी मजदुरहरू लाएर नै सोलोमनले तल्‍लो बेथ-होरोन, 18बालात, यहूदाका उजाड-भूमिमा भएको तदमोर, 19खाद्य र अन्‍य वस्‍तुहरू, रथ र घोडाहरू राख्‍ने सहरहरू र यरूशलेम, लेबनान र राज्‍यको अन्‍य स्‍थानहरूमा आफूले बनाउने इच्‍छा गरेका कुराहरू पनि बनाए। 20-21कनान देश आफ्‍नो अधीनमा लिँदा इस्राएलीहरूले जुन कनानबासीहरूलाई मारेका थिएनन्, तिनीहरूकै सन्‍तानलाई सोलोमनले बेगारी काममा लाए। तीमध्‍ये एमोरी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरू थिए, जसका सन्‍तान यो समयसम्‍म कमारा-कमारी छँदैछन्। 22इस्राएलीहरूलाई सोलोमनले कमारा बनाएनन्। तिनीहरूले सैनिक, अधिकृत, सेनापति र रथ सेनाका कप्‍तान र घोडचढीका काम गर्थे।
23सोलोमनले बनाउँदैगरेका विभिन्‍न कामहरूमा लागेका बेगारी मजदुरहरू ५५० जना अधिकृतका जिम्‍मामा थिए।
24मिश्रका राजाकी छोरी सोलोमनकी स्‍वास्‍नीले दाऊदको सहर छोडेर सोलोमनले बनाएका राजमहलमा बास गर्न थालिन्। त्‍यसपछि सोलोमनले सहरको पूर्वपट्टिका जमिन अग्‍लो बनाउन माटो थुपारे।
25 # प्रस्‍थान 23:17; 34:23; व्यवस्था 16:16 वर्षमा तीन चोटि आफूले परमप्रभुको निम्‍ति बनाएका वेदीमा सोलोमनले होमबलि र मेलबलिहरू चढाउँथे। तिनले परमप्रभुलाई धूप पनि बाल्‍दथे। यसरी तिनले मन्‍दिर बनाई सिद्ध्याए।
26एदोम देशमा एलातको नजिकै लाल समुद्रको किनारमा भएको एस्‍योन-गेबेर भन्‍ने ठाउँमा सोलोमन राजाले व्‍यापारिक जहाजहरू बनाए। 27हीराम राजाले आफ्‍ना जहाजका केही अनुभवी नाविकहरूलाई सोलोमनका मानिसहरूसित काम गर्न पठाइदिए। 28तिनीहरू जहाज लिएर ओपीर देशमा जान्‍थे। त्‍यहाँबाट सुन लिएर सोलोमनकहाँ फर्कन्‍थे। यसरी चौध हजार किलोग्रामभन्दा पनि बढी सुन तिनीहरूले ल्‍याए।

अहिले सेलेक्ट गरिएको:

१ राजा 9: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्