YouVersion लोगो
खोज आइकन

१ राजाहरू 7:1-22

१ राजाहरू 7:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर सोलोमनलाई आफ्‍नो महल निर्माण गर्न तेह्र वर्ष लाग्‍यो। तिनले सय हात लामो, पचास हात चौड़ा, तीस हात अल्‍गो, चार लहर देवदारुका स्‍तम्‍भ भएको, तिनका माथि देवदारुकै सत्तरी भएको लेबनानको वन भनिने महल बनाए। स्‍तम्‍भमा अड़िएका ती सत्तरीहरूमाथि देवदारुको छत लगाइयो— प्रत्‍येक लहरमा पन्‍ध्र वटा सत्तरी गरी जम्‍मै पैँतालीस वटा सत्तरी थिए। त्‍यसका झ्‍यालका तीन लहरहरूमा अल्‍गा गरी राखिएका थिए, ती आमनेसामने फर्केका थिए। सबै ढोकाका आयतकार चौकोसहरू थिए। ती अगाड़िपट्टि तीन-तीन वटाका पङ्‌क्तिमा एक-अर्कोतिर फर्केका थिए। तिनले पचास हात लामो र तीस हात चौड़ा स्‍तम्‍भहरूले घेरिएको चोक बनाए। त्‍यसको अगि एउटा दलान थियो, र त्‍यसको सामु खम्‍बाहरू र एउटा बाहिर निस्‍केको छत थियो। तिनले न्‍याय भवन, अर्थात्‌ सिंहासन भवन बनाए। त्‍यहीँ नै तिनले न्‍याय गर्थे। तिनले भूइँदेखि दलिनसम्‍म त्‍यसलाई देवदारुले छोपे। तिनले आफ्‍नै बस्‍ने महल त्‍यसको पछिल्‍तिर न्‍यायको भवनजस्‍तै बनाए। तिनले विवाह गरेर ल्‍याएकी फारोकी छोरीको निम्‍ति पनि त्‍यहीजस्‍तो महल बनाए। यी सबै भवनहरू बाहिरदेखि ठूलो चोकसम्‍म र जगदेखि छतसम्‍म करौँतीले ठीक परिमाणमा भित्री र बाहिरी मोहड़ामा काटिएका उच्‍च स्‍तरीय ढुङ्गाहरूले बनाइएका थिए। जगमा असल किसिमका ठूला ढुङ्गाहरू नापमा कोहीचाहिँ दश हात र कोहीचाहिँ आठ हातका थिए। तिनको माथि उच्‍च स्‍तरीय ढुङ्गाहरू ठीक नापमा काटेर मिलाइएका र देवदारुका सत्तरी थिए। ठूलो चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिए, र देवदारुका सत्तरीहरूको एक लहर थियो। परमप्रभुका मन्‍दिरको भित्री चोक र त्‍यसको दलान पनि त्‍यस्‍तै थिए। सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाइपठाए, जसकी आमा नप्‍ताली कुलकी एउटी विधवा थिइन्‌ र जसका पिताचाहिँ टुरोसवासी काँसाका निपुण कारीगर थिए। हुराम काँसाका सबै किसिमका काम गर्ने अत्‍यन्‍तै निपुण र अनुभवी मानिस थिए। तिनी सोलोमन राजाकहाँ आए र तिनलाई सुम्‍पिएका सबै कामहरू गरे। तिनले दुई वटा काँसाका स्‍तम्‍भहरू ढाले, नापमा प्रत्‍येकको अल्‍गाइ अठाह्र हात र फेरोचाहिँ बाह्र हातको थियो। तिनले स्‍तम्‍भहरूमाथि शिर राख्‍नलाई ढालेका काँसाका दुई वटा स्‍तम्‍भ-शिर पनि बनाए। प्रत्‍येक स्‍तम्‍भ-शिर पाँच हात अल्‍गो थियो। तिनले हरेक स्‍तम्‍भमाथि भएको स्‍तम्‍भ-शिरको निम्‍ति जाली स्‍वरूप सात वटा झुण्‍डिएका सिक्री बनाए। स्‍तम्‍भहरूका स्‍तम्‍भ-शिर सिँगार्नलाई हरेक सिक्रीको जालीका चारैपट्टि तिनले दुई लहर बुट्टादार दारिमहरू बनाए। तिनले हरेक स्‍तम्‍भ-शिरमा पनि त्‍यस्‍तै गरे। दलानभित्रका स्‍तम्‍भका स्‍तम्‍भ-शिरहरू लिली फूलको आकारका चार हात अल्‍गा थिए। दुवै स्‍तम्‍भका स्‍तम्‍भ-शिरमा, जालीनेरको कचौराको आकार भएको भागमा, स्‍तम्‍भ-शिरका वरिपरि लहर-लहर गरी दुई सय बुट्टादार दारिम बनाइएका थिए। तिनले मन्‍दिरका दलानका अगाड़ि ती दुई स्‍तम्‍भहरू खड़ा गरे। तिनले दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ याकीन राखे र उत्तरपट्टिको नाउँ बोअज राखे। तिनका स्‍तम्‍भ-शिर लिली फूलका आकारका थिए। यसरी स्‍तम्‍भहरूको काम सिद्धियो।

शेयर गर्नुहोस्
१ राजाहरू 7 पढ्नुहोस्

१ राजाहरू 7:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सोलोमनले आफ्नो निम्ति महल निर्माण गरे। यो निर्माण गर्न तेह्र वर्ष लाग्यो। तिनले जङ्गलको लेबनानको काठले एक सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अग्लो राजमहल बनाए; जसमा देवदारुका दलिनलाई थाम्ने देवदारुकै चार लहर खम्बाहरू थिए। खम्बाहरूमा अडिएका दलिनहरूमाथि देवदारुको छाना लगाइयो, र एक लहरमा पन्ध्र वटा गरी जम्मा पैँतालीस वटा दलिनहरू थिए। त्यसका झ्यालहरू एक-अर्कापट्टि फर्किएका तीन पङ्‌क्तिमा अग्लो गरी बनाइएका थिए। सबै ढोकाहरूका चौकसहरू चारकुने थिए। तिनीहरू तीन लहरमा अगाडिपट्टि एक-अर्कातिर फर्किएका थिए। तिनले पचास क्यूबिट लामो र तीस क्यूबिट चौडा भएको खम्बाहरूको एउटा दलान बनाए। त्यसको अगिल्तिर एउटा दलान थियो। त्यसको अर्कोतर्फ खम्बाहरू र तिनीहरूलाई ढाक्ने एउटा छाना थियो। त्यसपछि तिनले सिंहासनका निम्ति एउटा ठूलो कोठा, अर्थात् न्याय गर्ने कोठा बनाए; जहाँ तिनले न्याय गर्थे। तिनले त्यसलाई भुइँदेखि छानासम्म देवदारुका फल्याकहरूले छोपिदिए। अनि त्यस भवनको पछिल्तिर तिनले आफू बस्‍नको लागि महल बनाए, जुन राजमहल त्यही ढाँचाको थियो। सोलोमनले आफूले विवाह गरेकी फारोकी छोरीका निम्ति पनि त्यस्तै ठूलो राजमहल बनाइदिए। बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म यी सबै बनोटहरू भित्र र बाहिरपट्टि आराले काटिएका, ठिक नापमा काटिएका बहुमूल्य पत्थरले बनिएका थिए। ती भवनका जगहरू कुनै दश क्यूबिट अनि कुनै आठ क्यूबिट नापका ठूला र उच्‍च गुणस्तरका ढुङ्गाहरूद्वारा बनाइएका थिए। त्यसमाथि ठिक नापमा काटिएका उच्‍च स्तरका ढुङ्गाहरू र देवदारुका दलिनहरू थिए। ठूलो चोकलाई काटिएका तीन लहर ढुङ्गाहरू र एक लहर देवदारुका खम्बाका पर्खालले घेरिएको थियो। याहवेहको भवनको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए। राजा सोलोमनले टायरबाट हूरामलाई बोलाउन पठाए। तिनकी आमा नप्‍ताली कुलकी एउटी विधवा थिइन्। अनि बुबाचाहिँ टायरमा बस्‍ने काँसोका सिपालु कारिगर थिए। हूराम काँसको सबै कार्यमा अति सिपालु र अनुभवी थिए। तिनले राजा सोलोमनकहाँ आएर तिनलाई सुम्पिएका सबै कामहरू गरे। तिनले अठार क्यूबिट अग्ला र बाह्र क्यूबिट गोलाइ भएका दुई वटा काँसका खम्बाहरू बनाए। तिनले ती खम्बाहरूका टुप्पामा राख्न काँसोले ढालेका दुई वटा स्तम्भ-शिरहरू बनाए। प्रत्येक स्तम्भ-शिर पाँच क्यूबिट अग्लो थियो। प्रत्येक स्तम्भ-शिरमा सात वटा र खम्बाहरूका टुप्पामा सात वटा साङ्लाका जाली सजाइएको थियो। तिनले खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरूलाई सजाउने प्रत्येक जालीको चारैपट्टि दुई लहरमा दारिमहरू बनाए। दलानभित्र खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलका आकारमा थिए, जसको उचाइ चार क्यूबिट थियो। जालीको छेउको कचौरा आकारको भागको मास्तिर भएका दुवै खम्बाहरूका शिरमा चारैपट्टिका लहरमा दुई सय दारिमहरू थिए। तिनले यी खम्बाहरू मन्दिरको दलानको अगाडि खडा गरे। दक्षिणपट्टिका खम्बाहरूलाई तिनले याकीन भनी नाम राखे; अनि उत्तरपट्टिकालाई बोअज नाम राखे। टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलको आकारका थिए। यसरी खम्बाहरूको काम सिद्धाइयो।

शेयर गर्नुहोस्
१ राजाहरू 7 पढ्नुहोस्

१ राजाहरू 7:1-22 पवित्र बाइबल (NERV)

राजा सुलेमानले आफ्नो लागि एउटा महल बनाए। उसको महल बनाउनका लागि 13 बर्ष लाग्यो। उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो। खाम्बाहरूको लहरमाथि देवदारूका दलमीहरू थिए। तिनीहरूले देवदारूको दलमीहरूको माथि छानाका लागि देवदारूको तख्ता ठोकेका थिए। खाम्बाको प्रत्येक खण्डमा 15 वटा दलमीहरू थिए। सब जम्मा 45 वटा दलमीहरू त्यहाँ थिए। त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए। प्रत्येक छेऊमा तीनवटा दैलाहरू थिए। सबै ढोकाहरू अनि चौखटहरू चारकुने थिए। सुलेमानले “खाम्बाहरूद्वार मण्डप” पनि बनाए। यो 50 हात लामो अनि 30 हात चौंडा थियो। द्वार मण्डपको अघि खाम्बाहरूमा आधारित छानो थियो। सुलेमानले एउटा सिंहासन कक्ष पनि बनाए जहाँ तिनी जनगणलाई न्याय दिने गर्दथे। उनले त्यसको नाउँ “न्यायको कक्ष” राखेका थिए। त्यो कोठा भुईंदेखि छानासम्म देवदारको काठ ठोकिएको थियो। सुलेमान बस्ने महल न्यायको कक्षको भित्र थियो। यो महल न्यायको कक्ष जस्तैं बनाइएको थियो। उनले यस्तैं प्रकारको घर आफ्नी पत्नी, मिश्रका राजाकी छोरीका लागि बनाएका थिए। यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अघि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भित्ताको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भित्तासम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए। यी ढुङ्गाहरूको माथि अरू बहुमूल्य ढुङ्गाहरू अनि देवदारका बलाहरू थिए। महलको आँगन, मन्दिरको आँगन अनि मन्दिरको मण्डपको वरिपरि भित्ताहरू थिए। ती भित्ताहरू तीन लहर ढुङ्गा अनि एक लहर देवदारूका काठद्वारा मन्दिर निर्मित थियो। राजा सुलेमानले हीराम नाउँ भएको मानिसलाई एउटा सन्देश सोरमा पठाए। सुलेमानले हीरामलाई यरूशलेम बोलाए। हीरामकी आमा नप्ताली कुल समूहको इस्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसैकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए। हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्रा थिए अनि धातु 3 इञ्च मोटो थियो। हीरामले दुइवटा काँसाका मुकुटहरू पनि बनाए जो 5 हात अग्ला थिए। हीरामले ती मुकुटहरू खाम्बाको माथि राखे। तब उनले जालीहरू मुकुटहरू ढाक्न साङ्गलीहरू बनाए। उसले प्रत्येक मुकुटमाथि सातवटा राखे। त्यसपछि उनले दारीम जस्तैं देखिने दुइ लहर अलंकरण बनाए। तिनीहरूले खाम्बाहरूको माथि मुकुटलाई ढाक्नका लागि प्रत्येक खाम्बाको जाली माथि ती काँसाका दारीमलाई सजाए। खाम्बमाथि स्थापित गरिएका खावाँशीरहरू 5 हात अल्गो थिए त्यो फूलहरू झैं देखिन्थे। मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए। हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो। तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।

शेयर गर्नुहोस्
१ राजाहरू 7 पढ्नुहोस्

१ राजाहरू 7:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सोलोमनले आफ्‍नो लागि पनि एउटा राजमहल बनाए। सो बनाउन तेह्र वर्ष लाग्‍यो। त्‍यसमा भएको एउटा “लेबनानको बन” महल भनिने ठूलो महल ४४ मिटर लामो, २२ मिटर चौडा र १३.५ मिटर अग्‍लो थियो। त्‍यसमा चार लहर देवदारुका खामाहरू थिए, हरेक लहरमा पन्‍ध्र वटा खामाहरू थिए, तीमाथि देवदारुका दलिनहरू राखिएका थिए। छाना देवदारुको बनिएको थियो र त्‍यो भण्‍डार-कोठाहरूसम्‍म लगाइएको थियो। ती भण्‍डार-कोठाहरू खामाहरूमाथि खडा थिए। दुई छेउका भित्ताहरूमा तीन-तीन लहर झ्‍यालहरू बनाइएका थिए। ढोका र झ्‍यालहरूका चौखटहरू चारकुने थिए र छेउका दुई भित्तामा आमुन्‍ने-सामुन्‍ने तीन-तीन लहर झ्‍यालहरू बनाइएका थिए। गोल-खामाहरूको महल भन्‍ने ठूलो कोठा २२ मिटर लामो र १३.५ मिटर चौडा थियो। त्‍यसको अघिपट्टि एउटा पिँढी थियो। पिँढीको अघिपट्टि गोल-खामाहरूमाथि छाना राखिएको थियो। छानाका किनारा खामा नाघेर बाहिरपट्टि निस्‍केको थियो। राजाको सिंहासन राखिएको न्‍याय महलमा सोलोमनले मुद्दाका फैसला सुनाउँथे। त्‍यस महलका पटाइदेखि निदालसम्‍म भित्रमा देवदारु काठ लगाइएका थिए। सोलोमन आफैं बस्‍ने कोठाहरूचाहिँ, न्‍याय महलपछाडि अर्को एउटा चोकमा अरूजस्‍तै बनिएका थिए। मिश्रका राजाकी छोरी आफ्‍नी स्‍वास्‍नीको निम्‍ति पनि तिनले त्‍यस्‍तै प्रकारको बनाए। ठूलो चोकसमेत यी सबै भवनहरू तिनका जगदेखि छानासम्‍म दामी ढुङ्गाले बनेका थिए। ती ढुङ्गाहरू नापअनुसार काटेर ढुङ्गा खानिमा नै बनाइएका थिए र तिनका भित्र-बाहिर दुवैपट्टि आराले काटेर मिलाइएको थियो। महलको जगचाहिँ खानिमा तयार गरिएका ठूल्‍ठूला ढुङ्गाले बनेको थियो। ती ढुङ्गाहरू कतिचाहिँ ३.५ मिटर लामा थिए र कतिचाहिँ ४ मिटर लामा थिए। तीमाथि नापअनुसार काटेर मिलाएका अरू ढुङ्गाहरू लाइएका थिए र तीमाथि देवदारुका बीमहरू लाइएका थिए। महलभित्रको चोक, मन्‍दिरको भित्री चोक र मन्‍दिरको प्रवेशद्वार अगाडिको कोठाका भित्ताहरू हरेक तीन लहर काटी मिलाएका ढुङ्गाका देवलसित एक लहर देवदारुका बीमहरू दिएर बनाएका थिए। काँसाको काम गर्न सिपालु टुरोस सहरमा बस्‍ने हीराम नाम गरेको एक जना मानिसलाई सोलोमन राजाले बोलाउन पठाए। उनका बुबा टुरोसको बासिन्‍दा थिए, जो मरिसकेका थिए र उनी पनि काँसाको सिपालु कारिगर थिए। उनकी आमा नप्‍ताली कुलकी थिइन्। हीराम बुद्धिमान् र काम गर्न जान्‍ने कारिगर थिए। उनी सोलोमन राजाकहाँ आए र राजाले दिएका सबै काम गरे। हीरामले काँसाका दुई वटा गोल-खामाहरू बनाए। तिनको उचाइ ८ मिटर र बाहिरी घेराको नाप ५.३ मिटर थियो। ती गोल-खामाका टुप्‍पामा राख्‍न तिनले दुई वटा काँसाका २.२ मिटर अग्‍ला शीर्षहरू पनि बनाए। खामाका टुप्‍पाहरू आपसमा बुनिएका साङ्लाका आकारहरूले सिँगारिएका थिए। र काँसाका दुई लहर दारीमहरूले खामाका शीर्षहरू लिली फूलका आकारका थिए र १.८ मिटर अग्‍ला थिए र ती शीर्षहरू साङ्लाका आकारहरूको माथिल्‍तिर भएको गोलाकार भागमाथि राखिएका थिए। प्रत्‍येक शीर्षलाई घेरेर दुई सय दारीमका दुई लहरहरू राखिएका थिए। हीरामले ती दुई गोल-खामाहरू मन्‍दिरको ढोकाका सामुन्‍ने राखे। दक्षिणपट्टिका खामाको नाम याकीन र उत्तरपट्टिका खामाको नाम बोअज राखे। खामाका टुप्‍पामा ती लिली फूलका आकारका शीर्षहरू राखिएका थिए। यसरी गोल-खामाहरूको काम सकियो।

शेयर गर्नुहोस्
१ राजाहरू 7 पढ्नुहोस्