१ राजाहरू 15:4-5
१ राजाहरू 15:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैपनि दावीदको खातिर याहवेह तिनका परमेश्वरले उहाँको उत्तराधिकारी हुनको लागि एउटा छोरा दिनुभएर यरूशलेममा एउटा बत्ती दिनुभयो, अनि यरूशलेमलाई बलियो बनाउनुभयो। किनकि दावीदले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरेका थिए। तिनले आफ्नो जीवनकालभरि हित्ती उरियाहको विषयमा बाहेक याहवेहका कुनै आज्ञापालन गर्न चुकेका थिएनन्।
१ राजाहरू 15:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खड़ा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो। किनकि हित्ती उरियाहको विषयमा बाहेक अरू कुरामा दाऊदले परमप्रभुको दृष्टिमा जे कुरा ठीक थियो त्यही गरेका थिए, र आफ्नो जीवन पर्यन्त उहाँको कुनै पनि आज्ञा उल्लङ्घन गरेका थिएनन्।
१ राजाहरू 15:4-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर दाऊदका खातिर परमप्रभु उनका परमेश्वरले अबियालाई उनीपछि यरूशलेममा राज्य गरी त्यसको सुरक्षा गर्नलाई एउटा छोरो दिनुभयो। दाऊदले परमप्रभुलाई खुसी पार्ने काम गरेका थिए र हित्ती उरियाहको सम्बन्धमा बाहेक अरू सबै विषयमा उहाँको आज्ञापालन गरेका थिए। यसैकारण परमप्रभुले त्यसो गर्नुभएको हो।

१ राजाहरू 15:4-5 पवित्र बाइबल (NERV)
दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो। दाऊदले सधैँ नै सही काम गरे जो परमप्रभुले चाहानु हुन्थ्यो। उनले सधैँ नै परमप्रभुको आदेश पालन गरे। एक पटक दाऊदले परमप्रभुको आदेश पालन गरेनन् जुन समयमा दाऊदले हित्ती उरीयाहको विरोधमा पाप गरेका थिए।