१ राजाहरू 11:23-26
१ राजाहरू 11:23-26 पवित्र बाइबल (NERV)
परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए। दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए। रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुन्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे। नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।
१ राजाहरू 11:23-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमेश्वरले सोलोमनको विरुद्धमा अर्को एक जना विरोधी खड़ा गर्नुभयो, अर्थात् एल्यादाका छोरा रेसोन, जो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेर गएका थिए। जब दाऊदले सोबाको दललाई नष्ट गरे, तब उनले आफूतर्फ मानिसहरू भेला गरे, र उनी विद्रोहीहरूको दलका अगुवा भए। यी विद्रोहीहरू दमस्कसमा गए, जहाँ उनीहरू बसोबास गरे र त्यसलाई आफ्नो वशमा पारे। सोलोमन बाँचुञ्जेल रेसोन इस्राएलका विरोधी भइरहे, र हददले गरेको हानिमा उनले हानि थपिदिए। अनि रेसोनले अराममा राज्य गरे, र उनले इस्राएलको विरोध गरिरहे। नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एक एफ्राइमी थिए। तिनकी विधवा आमा सेरूआ थिइन्।
१ राजाहरू 11:23-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरले सोलोमनको विरुद्धमा अर्को विरोधीलाई खडा गर्नुभयो, जो एल्यादाको छोरो रेसोन थियो, र त्यो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेको थियो। जब दावीदले सोबाको फौजलाई ध्वस्त पारे, तब रेसोनले आफ्ना चारैतिर मानिसहरू जम्मा गरे, र लुटेराहरूका दल बनाए। अनि आफूचाहिँ तिनीहरूका अगुवा बने। तिनीहरू दमस्कसमा गए; जहाँ तिनीहरू बसोबास गरे, र त्यसलाई आफ्नो अधीनमा लिए। सोलोमन बाँचुन्जेल रेसोन इस्राएलका विरोधी नै भइरहे, जसले हददले निम्त्याएका समस्यामा अझ थपिदिए। तसर्थ रेसोनले अराममा राज्य गरे र इस्राएलसँग शत्रुता राखे। नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सार्तानको एक एफ्राइमी र सोलोमनका एक अधिकारी थिए। तिनकी सेरूआ नाम भएकी विधवा आमा थिइन्।
१ राजाहरू 11:23-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले एल्यादाको छोरो रेसोनलाई पनि सोलोमनको विरुद्धमा खडा गरे। रेसोन आफ्ना स्वामी सोबाका राजा हददेजेरबाट भागेर गई एक हुल डाँकाहरूका सरदार भएका थिए। दाऊदले हददेजेरलाई जितेर उनका मित्र अरामी देशलाई नाश गरेपछि यो कुरा भएको हो। रेसोन र उनका दलका मानिसहरू दमस्कस गई बसे र त्यहाँ तिनीहरूले रेसोनलाई अरामीका राजा बनाए। सोलोमनको जीवनकालभरि रेसोनले इस्राएलसँग शत्रुता राखे। सोलोमन राजाको विरुद्धमा खडा हुने अर्को मानिस यारोबाम नाम गरेका उनकै अधिकृत थिए। उनी एफ्राइममा जेरेदाबाट आएका नबातका छोरा थिए। उनकी आमा सेरूआ नाम गरेकी विधवा थिइन्।