YouVersion लोगो
खोज आइकन

1राजाहरू 11:23-26

1राजाहरू 11:23-26 NCV

परमेश्‍वरले सोलोमनको विरुद्धमा अर्को विरोधीलाई खडा गर्नुभयो, जो एल्यादाको छोरो रेसोन थियो, र त्यो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेको थियो। जब दावीदले सोबाको फौजलाई ध्वस्त पारे, तब रेसोनले आफ्ना चारैतिर मानिसहरू जम्मा गरे, र लुटेराहरूका दल बनाए। अनि आफूचाहिँ तिनीहरूका अगुवा बने। तिनीहरू दमस्कसमा गए; जहाँ तिनीहरू बसोबास गरे, र त्यसलाई आफ्नो अधीनमा लिए। सोलोमन बाँचुन्जेल रेसोन इस्राएलका विरोधी नै भइरहे, जसले हददले निम्त्याएका समस्यामा अझ थपिदिए। तसर्थ रेसोनले अराममा राज्य गरे र इस्राएलसँग शत्रुता राखे। नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सार्तानको एक एफ्राइमी र सोलोमनका एक अधिकारी थिए। तिनकी सेरूआ नाम भएकी विधवा आमा थिइन्।

1राजाहरू 11 पढ्नुहोस्