YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 3:8-10

१ यूहन्‍ना 3:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जसले पाप गर्छ त्‍यो दियाबलसको हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्‍ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो। परमेश्‍वरबाट जन्‍मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्‍वभाव त्‍यसमा रहन्‍छ, र त्‍यसले पाप गरिरहन सक्‍दैन, किनभने त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो। परमेश्‍वरको सन्‍तान को हो र दियाबलसको सन्‍तान को हो, यसैबाट प्रष्‍ट हुन्‍छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्‍वरको सन्‍तान होइन, र त्‍यो व्‍यक्ति पनि होइन, जसले आफ्‍नो दाजुभाइलाई प्रेम गर्दैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:8-10 नेपाली समकालीन संस्करण (NCV)

जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो। परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बीज त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो। परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौं: जे ठीक छ त्यो काम नगर्ने कुनै पनि व्यक्‍ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्‍ति परमेश्‍वरको सन्तान होइन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:8-10 पवित्र बाइबल (NERV)

शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरू नष्ट गर्नु हो। जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ। यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरू को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरू को हुन्। मानिसहरू जसले जे उचित छ त्यो गर्दैन, तिनीहरू परमेश्वरका बालकहरू होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्