YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 3:18-24

१ यूहन्‍ना 3:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं। यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं। जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्‍छ। अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं। अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्‍छन्, र उहाँ तिनीहरूमा रहनुहुन्‍छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्‍माद्वारा हामी जान्‍दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:18-24 नेपाली समकालीन संस्करण (NCV)

प्यारा साना नानीहरूहो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौं। त्यसकारण यसैबाट नै हामी सत्यका हौं भनी जान्दछौं, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौं। जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ। प्रिय मित्रहरूहो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्छ, अनि हामीले जे माग्दछौं, सो उहाँबाट पाउँछौं; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौं। अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ। जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:18-24 पवित्र बाइबल (NERV)

मेरो बालकहरू, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँच्चो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ। त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई भर्तसना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन: सान्तवना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ। मेरा प्रिय मित्रहरू, यदि हाम्रो विवेकले हामीलाई भर्तसना भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौं। अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरू दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ। यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो। मानिस जसले परमेश्वरका आदेशहरू पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जो परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा बालक हो! हामीहरू बोली र कुराले मात्र प्रेम नगरौं, हाम्रो प्रेमचाहिँ साँचो हुनुपर्छ। यस्‍तो प्रेम कामद्वारा देखिन्‍छ। यसैबाट हामी सत्‍यका मानिसहरू हौं भन्‍ने थाहा हुन्‍छ र हामी परमेश्‍वरका अघि निर्धक्‍क हुनेछौं। हामीलाई आफ्‍नै मनले दोषी ठहराउँछ भने परमेश्‍वर त हाम्रो मनभन्दा पनि ठूलो हुनुहुन्‍छ। उहाँले त सबै कुरा जान्‍नुहुन्‍छ। मेरा प्रिय मित्रहरू हो, हाम्रो मनले हामीलाई दोषी ठहराएन भने हामीलाई परमेश्‍वरको अघि जाने आँट आउँछ र हामीले मागेका सबै कुरा उहाँबाट पाउँछौं हामीले जे माग्छौं, त्यो उहाँबाट पाउँछौं किनभने हामी उहाँका आज्ञा मान्‍छौं र उहाँलाई मन पर्ने काम गर्दछौं। परमेश्‍वरको आज्ञाचाहिँ उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नु र ख्रीष्‍टले आज्ञा दिनुभएझैँ एक-अर्कालाई प्रेम गर्नु हो। परमेश्‍वरका आज्ञाहरू मान्‍ने मानिस परमेश्‍वरमा नै रहन्‍छ र उसमा परमेश्‍वर रहनुहुन्‍छ। यसरी परमेश्‍वर हामीमा रहनुहुन्‍छ भन्‍ने कुरा उहाँले दिनुभएको आत्‍माबाट नै हामी थाहा पाउँछौं।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:18-24

१ यूहन्‍ना 3:18-24 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्