YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 3:16-19

१ यूहन्‍ना 3:16-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्‍ति आफ्‍नो प्राण दिनुभयो र हामीले पनि आफ्‍ना दाजुभाइहरूका निम्‍ति आफ्‍नो प्राण दिनुपर्छ। कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं। यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:16-19 नेपाली समकालीन संस्करण (NCV)

प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौं; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। अनि हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ। यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र? प्यारा साना नानीहरूहो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौं। त्यसकारण यसैबाट नै हामी सत्यका हौं भनी जान्दछौं, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौं।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:16-20 पवित्र बाइबल (NERV)

साँच्चो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ। कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? मेरो बालकहरू, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँच्चो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ। त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई भर्तसना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन: सान्तवना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:16-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ख्रीष्‍टले हाम्रो लागि आफ्‍नो प्राण दिनुभयो। यसैकारण हामीले प्रेमलाई बुझेका छौं। हामीले पनि आफ्‍ना भाइहरूका लागि आफ्‍नो प्राण दिनुपर्छ। संसारको धन-सम्‍पत्ति हुनेले आफ्‍नो भाइको खाँचो देखेर पनि मन कठोर पार्छ भने कसरी त्‍यस्‍तो मानिसले परमेश्‍वरलाई प्रेम गर्छ? मेरा बालक हो! हामीहरू बोली र कुराले मात्र प्रेम नगरौं, हाम्रो प्रेमचाहिँ साँचो हुनुपर्छ। यस्‍तो प्रेम कामद्वारा देखिन्‍छ। यसैबाट हामी सत्‍यका मानिसहरू हौं भन्‍ने थाहा हुन्‍छ र हामी परमेश्‍वरका अघि निर्धक्‍क हुनेछौं।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 3 पढ्नुहोस्

१ यूहन्‍ना 3:16-19

१ यूहन्‍ना 3:16-19 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्