१ यूहन्ना 1:8-10
१ यूहन्ना 1:8-10 नेपाली समकालीन संस्करण (NCV)
यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौं भने हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्यता हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी दाबी गर्छौं भने हामीले उहाँलाई झूटा तुल्याउँछौं र हाम्रो जीवनमा उहाँको वचन रहँदैन।
१ यूहन्ना 1:8-10 पवित्र बाइबल (NERV)
यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन। तर यदि हामी हाम्रा पापहरू स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरू अनि हामीले गरेको जम्मै गल्तीहरू क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ। यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौं। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँच्चो संन्देश राखेका छैनौं।
१ यूहन्ना 1:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी उहाँलाई झूटा तुल्याउँछौं, र उहाँको वचन हामीमा हुँदैन।
१ यूहन्ना 1:8-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले आफूमा पाप छैन भन्यौं भने हामी आफैंलाई धोखा दिन्छौं र हामीमा सत्य हुँदैन। तर हामीले आफ्ना पाप परमेश्वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्वासयोग्य र न्यायी हुनुहुन्छ। हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटो ठहर्याउँछौं र उहाँको वचन हामीसँग हुँदैन।