१ कोरिन्थी 9:16-18
१ कोरिन्थी 9:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ! किनकि यदि आफ्नो इच्छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्नै इच्छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्पिदिएको छ। तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्।
१ कोरिन्थी 9:16-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन; किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्कार छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने! यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु। त्यसो भए मेरो इनाम के हो त? यही नै हो कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैँमा प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचारकको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्न नपरोस्।
१ कोरिन्थी 9:16-18 पवित्र बाइबल (NERV)
म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन।
१ कोरिन्थी 9:16-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले सुसमाचार सुनाउँदा मलाई घमण्ड गर्ने हक छैनँ किनभने यो मैले सुनाउनैपर्छ। मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार होस्। मैले यो काम आफैंले रोजेको भए यसबाट म केही पाउने आशा राख्थें। तर म यो कामलाई मेरो कर्तव्य सम्झेर गर्दै छु। परमेश्वरले नै यो कामको जिम्मा दिनुभएकोले मैले गरें। त्यसो भए मेरो तलबचाहिँ के हो त? हकअनुसार पाइने कुनै पैसा नलिई सित्तैंमा सुसमाचार प्रचार गर्न पाउनु नै मेरो तलब हो।