१ कोरिन्थी 9:1-27
१ कोरिन्थी 9:1-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशूलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरो कामको फल होइनौ र? म अरूका निम्ति प्रेरित होइनँ भने तापनि तिमीहरूको लागि निश्चय नै हुँ! किनकि प्रभुमा मेरो प्रेरितीयपनको छाप त तिमीहरू नै हौ। जसले मेरो बारेमा आलोचना गर्दछन्, उनीहरूलाई प्रतिवादमा मेरो जवाफ यही हो: के हामीलाई खाने र पिउने अधिकार छैन र? के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले जस्तै हामीलाई पनि आफूसँग आफ्नी विश्वासी पत्नीलाई लिएर हिँड्ने अधिकार छैन र? अथवा के बारनाबास र मलाई मात्र जीविका चलाउनका निम्ति काम गर्नुपर्ने हो? आफ्नै खर्चमा सिपाही भएर कसले काम गर्छ र? कसले दाखबारी लगाएर त्यसको फलबाट खाँदैन र? कसले भेडाको बथान पालेर त्यसको दूध पिउँदैन र? के मैले यो साधारण मानव दृष्टिकोणले मात्र भनेको हुँ र? के व्यवस्थाले पनि यही कुरा भन्दैन र? किनकि मोशाको व्यवस्थामा यसरी लेखिएको छ: “अन्नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू।” के गोरुहरूका बारेमा मात्र परमेश्वरले वास्ता राख्नुहुन्छ? के उहाँले विशेष गरी यो हाम्रा निम्ति भन्नुभएको होइन र? हो, यो हाम्रा निम्ति नै लेखिएको थियो; किनभने जोत्ने र दाइँ गर्नेले फसलको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्दछ। यदि हामीले तिमीहरूका बीचमा आत्मिक बिउ छरेका छौँ भने तिमीहरूबाट भौतिक थोकको कटनीको आशा गर्नु के यो ठूलो कुरा हो र? यदि तिमीहरूबाट अरूले भौतिक सहयोग पाउने अधिकार छ भने के हामीलाई तिमीहरूबाट त्योभन्दा बढी भौतिक सहयोग पाउने अधिकार छैन र? तरै पनि हामीले यस अधिकारको प्रयोग गरेका छैनौँ। बरु ख्रीष्टको सुसमाचार प्रचारमा बाधा नपुगोस् भनेर हामीले सबै कुरा सहेका छौँ। के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्। यसै प्रकारले सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्वरले आज्ञा गर्नुभएको छ। तर मैले यी कुनै अधिकारहरू प्रयोग गरेको छैनँ। अनि यी सबै कुराहरू तिमीहरूले मेरा लागि यसरी नै गर भन्ने आशाले मैले यी कुराहरू लेखेको पनि होइनँ। किनकि मेरो गर्व गर्ने कारण कसैलाई खोस्ने अनुमति दिनुभन्दा बरु मेरा निम्ति मर्न असल हुनेछ। किनकि जब म सुसमाचार सुनाउँछु, मैले घमण्ड गर्ने ठाउँ छैन; किनभने म प्रचार गर्न बाध्य छु। मलाई धिक्कार छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने! यदि मैले आफ्नो इच्छाअनुसार प्रचार गरेँ भने मेरो निम्ति इनाम छ। यदि मैले आफ्नो इच्छाले प्रचार गरिनँ भने मैले ममाथि दिइएको जिम्मेवारी मात्र गरिरहेको हुन्छु। त्यसो भए मेरो इनाम के हो त? यही नै हो कि मैले सुसमाचार प्रचार गर्दा सुसमाचारलाई सित्तैँमा प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचारकको रूपमा मैले पूर्ण अधिकार प्रयोग गर्न नपरोस्। म कुनै मानिसको अधीनमा नभई सबैबाट स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकूँ भनेर मैले आफूलाई हरेक व्यक्तिको सेवक तुल्याएको छु। यहूदीहरूलाई जित्न म यहूदीझैँ भइदिएँ; व्यवस्थाको अधीनमा रहेकाहरूलाई जित्नलाई म व्यवस्थाको अधीनमा रहेकाहरूझैँ भइदिएँ। व्यवस्थाका अधीनमा नभएकाहरूलाई जित्न सकूँ भनेर म व्यवस्थाको अधीनमा नरहेको झैँ भइदिएँ। यद्यपि म परमेश्वरको व्यवस्थाबाट स्वतन्त्र छैनँ, तर ख्रीष्टको व्यवस्थाको अधीनमा छु, ताकि तिनीहरूलाई जित्न सकूँ, जो व्यवस्थाको अधीनमा छैनन्। कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूका लागि म कमजोर झैँ भइदिएँ। म सबैको निम्ति सबै थोक भइदिएँ; ताकि हर प्रयासद्वारा कसै न कसैलाई बचाउन सकूँ। म यी सबै कुरा सुसमाचारकै खातिर गर्दछु, ताकि म यस सुसमाचारको आशिष्मा सहभागी बनूँ। दौडमा भाग लिने सबै दौडन्छन्, तर पुरस्कारचाहिँ एउटैले मात्र पाउँछ, के तिमीहरू जान्दैनौ? त्यसैले पुरस्कार पाउनसक्ने तरिकाले दौड। हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ। यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ। तर म आफ्नो शरीरलाई अधीनमा राख्छु, र यसलाई म आफ्नो सेवक बनाउँछु; नत्रता अरूलाई प्रचार गरेर म आफैँचाहिँ पुरस्कार पाउन अयोग्य ठहरिन्छु।
१ कोरिन्थी 9:1-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू, हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामको प्रतिफल होइनौ र? म अरूहरूका निम्ति प्रेरित नभए तापनि कम-से-कम तिमीहरूका निम्ति त हुँ, किनभने प्रभुमा मेरो प्रेरितको कामको छाप तिमीहरू नै हौ। मेरो विरुद्धमा बोल्नेहरूलाई मेरो यही जवाफ छ, के हामीलाई खाने-पिउने अधिकार छैन? के अरू प्रेरितहरूजस्तै, प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि पत्नी लिएर हिँड्ने अधिकार छैन र? अथवा के बारनाबास र मलाई मात्र काम नगरिकन नै जीविका चलाउने अधिकार छैन? आफ्नै खर्चमा कसले सिपाहीको काम गर्छ र? दाखबारी लाएर कसले त्यसको फल खाँदैन? अथवा भेडाबाख्राका बथान पालेर कसले त्यसको दूध पिउँदैन? के मानिसको दृष्टिकोणबाट मात्र म यो भन्दैछु र? अथवा के व्यवस्थाले पनि यही कुरा भन्दैन? किनभने मोशाको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ? के उहाँले हाम्रो खातिर नै यो भन्नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्ने र दाइँ गर्नेले अन्नको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्छ। यदि हामीहरूले तिमीहरूका माझमा आत्मिक बीउ रोपेका छौं भने, र तिमीहरूको भौतिक सम्पत्तिको कटनी गर्यौ भने, के त्यो अति भयो र? यदि अरूहरूले तिमीहरूमाथि यस मुनासिब हकको दाबी गर्छन् भने के हाम्रो अझ बढ़ी हक छैन? तापनि हामीले त यस हकको प्रयोग गरेका छैनौं, तर ख्रीष्टको सुसमाचारमा बाधा नपारौं भनेर बरु हामी सबै कुरा सहन्छौं। के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्? त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन् भनी प्रभुले आज्ञा दिनुभयो। तर यी हकहरूमध्ये मैले कुनैको प्रयोग गरेको छैनँ, र मेरो निम्ति यस्तै प्रबन्ध होस् भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने मेरो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गराउनभन्दा बरु म मर्नु असल छ। किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ! किनकि यदि आफ्नो इच्छाले म यो काम गर्दछु भने मलाई इनाम छ, तर मैले आफ्नै इच्छाले यो गरेको होइनँ भने पनि मलाई एउटा भण्डारेको जिम्मा सुम्पिदिएको छ। तब मेरो इनाम के हो? केवल यति नै हो, कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ, र सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी मैले गर्न नपरोस्। किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अझ धेरैलाई जित्न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्याएँ। यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्ति म यहूदीजस्तै बनें। व्यवस्थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा रहेजस्तै भएँ। व्यवस्थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्यवस्थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें। दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्ति म सब थोक बनें। सुसमाचारका आशिष्हरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु। के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं। यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ। तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु।
१ कोरिन्थी 9:1-27 पवित्र बाइबल (NERV)
म स्वतन्त्र छु! एकजना प्रेरित हुँ। मैले हाम्रा प्रभु येशूलाई देखेको छु। तिमीहरू प्रभुमा मेरो कामको फल हौ। अरूले मलाई एउटा प्रेरितको रूपमा स्वीकार नगर्लान् तर तिमीहरूले मलाई एकजना प्रेरितको रूपमा स्वीकार गर्नेछौ। म एकजना प्रेरित हुँ भन्ने प्रभुमा मेरो सत्यको प्रमाण तिमीहरू नै हौ। कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाफ यही हुन्छः खाने र पिउने हाम्रो अधिकार छ। छैन र? यात्रा गर्दा पत्नी जो विश्वासी छ साथमा लिएर हिँड्ने हाम्रो अधिकार छ। छैन र? अरू प्रेरितहरू, प्रभुमा भाइहरू र केफास सबैले यसो गर्छन्। तर के बर्णाबास र मैले मात्र आफ्नो जीविकाका निम्ति काम गर्नै पर्छ? आफ्नो खर्च आफैं भरेर सेनामा काम गर्ने कुनै सिपाही छ? कोही यस्तो होला जसले अङ्गुरको खेती लगाएर एउटा पनि फल नखाने? कोही गोठालो होला जसले भेँड़ाको दुध पिउँदैन? यी सब कुराहरू मानव विचार मात्र हुन? के परमेश्वरको नियमले पनि त्यसै भन्दैन? मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।” के परमेश्वर गोरूहरूमा मात्र चासो राख्नु हुन्छ? होइन, वास्तवमा परमेश्वर हाम्रै बारे बोल्दै हुनु हुन्थ्यो। हो, धर्म शास्त्र हाम्रै लागि लिखिएको हो, “जोत्दा र दाँईँ गर्दा खेतीवालाले केही अन्न पाउने आशा गर्छ।” हामीले तिमीहरूमा आत्मिक बिऊ छरेकाछौं? यसर्थ यदि हामीले तिमीहरूबाट केही भौतिक चीजको आशा गर्दा त्यो अधिक हुन्छ र? जब तिमीहरूबाट सहायता पाउन अरूले अधिकार प्रयोग गर्छन् भने के हामी त्यो भन्दा अधिक अधिकार खोज्न सक्तैनौ? तर हामी अधिकार माग्दैनौं। हामी सबै चीज सहन गर्छौ ताकि ख्रीष्टको सुसमाचार पालन गर्न कोही पनि विरोधी नहोस्। के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो। तर यो कामबाट मैले कुनै अधिकार उपयोग गरेको छैन। र मैले यसबाट केही पाउने कोशिश पनि गरिरहेको छैन। तिमीहरूलाई यो लेख्ने मेरो उद्देश्य होइन। कसैलाई मेरो गर्व केवल रित्तो भाँडा प्रमाण गर्ने मौका दिनु भन्दा त म मर्न मन पराउँछु। म सुसमाचार प्रचार गर्छु तर प्रचार मेरो गर्वको आधार होइन। यो त मेरो कर्त्तव्य नै हो मैले गर्नै पर्छ। मेरो लागि दुःखको कुरो हो यदि मैले सुसमाचार प्रचार गरिन भने। यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु। यस्तो हुनाले म के इनाम पाउँछु र? मेरो इनाम त यही होः विना मूल्य सुसमाचार प्रचार गर्नु। यसरी सुसमाचार प्रचारमा जो अधिकार दिइन्छ कुनै पनि म उपयोग गर्दिन। म स्वतन्त्र छु। म कसैको होइन। तर जति सक्दो सम्भव छ अधिक मानिसलाई बचाउनलाई सहायता गर्नु मैले आफूलाई सबैको दास बनाएको छु। यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफैं कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ। ती जो नियमको अधिनमा छैनन तिनीहरूलाई बचाउनु म पनि नियमको अधिनमा नभएको जस्तो भएँ। वास्तवमा परमेश्वरको नियमबाट म स्वतन्त्र छैन। म ख्रीष्टको नियमको अधीनमा छु। कमजोर मानिसहरूको लागि म कमजोरै भइदिएँ जसमा कि म तिनीहरूलाई सहायता गर्नु सकूँ। म सबै किसिमका मानिसहरूको निम्ति सबै थोक भएको छु ताकि कुनै न कुनै तरहले मानिसलाई बचाउनु सकूँ। सुसमाचारकै कारणले म यी सब चीज गर्छु ताकि सुसमाचराको आशिषमा सहभागी बन्न सकुँ। तिमीहरू सबैले जान्दछौ, दौड़मा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्न सक। खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ। यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन। नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरू मानिसहरू माझ प्रचार गरे पछि म आफैं परमेश्वरबाट तिरस्कृत हुने छैन।

१ कोरिन्थी 9:1-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखेको छैनँ? के तिमीहरू नै प्रभुका लागि मैले गरेका कामका फलहरू होइनौ र? कति जनाले मलाई प्रेरित नमाने पनि तिमीहरूले त मान्छौ। तिमीहरू ख्रीष्टमा भएको कुराले नै म प्रेरित हुँ भन्ने सबुत दिन्छ। मलाई दोष लाउनेहरूलाई यही नै मेरो जवाफ हो। मेरो कामको लागि खाने-पिउने खर्च मैले पाउनैपर्ने होइन र? पत्रुस, प्रभुकै भाइहरू र अरू प्रेरितहरूले जस्तै मैले ख्रीष्टिय स्वास्नी लिएर यात्रा गर्न पाउँदिनँ र? के बारनाबास र मैले मात्रै आफैं काम गरेर पेट पाल्नुपर्छ? के सेनामा हुँदा सिपाहीले आफ्नो खर्च आफैं ब्यहोर्छ? के अङ्गुरको खेती गर्नेले अङ्गुर खान पाउँदैन? के गोठालाले आफ्नो वस्तुको दूध खान पाउँदैन? यो मैले मान्छेको विचार लिएर मात्र भनेको होइनँ, व्यवस्थाले पनि यसै भन्छ। मोशाले दिएको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्ने गोरुलाई मोहला नलगाऊ।” के परमेश्वरले यो गोरुकै लागि भन्नुभएको हो? के उहाँले हाम्रो लागि भन्नुभएको होइन? हो, यो हाम्रो लागि भनिएको हो किनभने खेत जोत्नेले आशामै जोत्छ अनि दाइँ गर्नेले केही पाउँला भन्ने आशाले नै दाइँ गर्छ। हामीले त तिमीहरूका माझमा आत्माको अन्न छरेका छौं। हामीले तिमीहरूबाट केही चीज पाउनु कुनै उदेकको कुरो हो र? यदि अरूले तिमीहरूबाट केही पाउँदा हुन्छ भने हामीले झन् पाउनुपर्ने हो। तर हामीले यो हक चलाएनौं। ख्रीष्टको सुसमाचार सुनाउन कुनै बाधा नपरोस् भनेर नै हामीले सबै कुरा सहेर बस्यौं। के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा काम गर्नेले मन्दिरमै खान पाउँछ। बलि-वेदीमा काम गर्नेले बलि-वेदीबाटै आफ्नो भाग पाउँछ। यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाटै खान-लाउन पाओस् भन्ने प्रभुको आज्ञा छ। तर मैले कुनै हक लिएको छैनँ। अहिले यो पत्र लेखेर पनि हक पाउन चाहेको होइनँ। यसो गर्नुभन्दा ता बरु म मर्नु निको मान्छु। कसैले मेरो यस घमण्डलाई खोक्रो भन्नै सक्दैन। मैले सुसमाचार सुनाउँदा मलाई घमण्ड गर्ने हक छैनँ किनभने यो मैले सुनाउनैपर्छ। मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार होस्। मैले यो काम आफैंले रोजेको भए यसबाट म केही पाउने आशा राख्थें। तर म यो कामलाई मेरो कर्तव्य सम्झेर गर्दै छु। परमेश्वरले नै यो कामको जिम्मा दिनुभएकोले मैले गरें। त्यसो भए मेरो तलबचाहिँ के हो त? हकअनुसार पाइने कुनै पैसा नलिई सित्तैंमा सुसमाचार प्रचार गर्न पाउनु नै मेरो तलब हो। म कसैको कमारो होइनँ, तैपनि धेरैलाई ख्रीष्टमा विश्वास गराउन म सबैको कमारोझैँ भएको छु। यहूदीहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर म यहूदीजस्तै भएँ। मोशाले दिएका व्यवस्था मान्नेहरूका माझमा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर मैले पनि त्यही व्यवस्था मानें। व्यवस्था नहुने अरू जातिका मानिसका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर व्यवस्था नहुनेजस्तो भएँ। यसको मतलब परमेश्वरको व्यवस्था म मान्दिनँ भनेको होइनँ, तर म त ख्रीष्टको व्यवस्था मान्दछु। कमजोरहरूका माझमा काम गर्दा उनीहरूले ख्रीष्टमा विश्वास गरून् भनेर म कमजोर भएँ। यसरी म सबै मानिसको माझमा हरतरहले सबैले ख्रीष्टमा जीवन पाऊन् भनेर सबै थोक भएँ। सुसमाचारको खातिर नै म यी सब गर्दै छु र यसबाट पाउने आशीर्वाद पनि म पाउँछु भनी आशा राख्छु। साँच्चै तिमीहरूलाई थाहा छ। दौडमा सबै दौडन्छन्, तर पहिलो पुरस्कार पाउने एउटै हुन्छ। त्यसै गरी तिमीहरू पनि पुरस्कार पाइछाड्छु भनी दौड। दौडमा भाग लिनेहरू जिउ सधाउन सबै किसिमले अभ्यास गर्छन्। तिनीहरूले त ओइलाएर जाने माला पाउन त्यसो गर्छन्, तर हामीचाहिँ सधैँभरि रहने मुकुटको लागि गर्छौं। त्यसैले त म निशाना ताकेर दगुर्छु। म हावामा मुक्का हान्दिनँ। तर म मेरो शरीरलाई क्रूसमा राखेर तह लगाउँछु, नत्रता अरूलाई प्रचार गर्दा आफैंचाहिँ अयोग्य ठहरिन्छु।