१ कोरिन्थी 14:34-40
१ कोरिन्थी 14:34-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्। केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आ-आफ्ना पतिलाई सोधून्। किनभने मण्डलीमा स्त्रीहरूले बोल्नु शर्मको कुरो हो। के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो? कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्ने त्यसले स्वीकार गरोस्। तर कसैले यसको वास्ता गर्दैन भने, त्यसको पनि वास्ता गरिनेछैन। यसकारण भाइ हो, अगमवाणी बोल्ने उत्कट इच्छा गर, र अन्य भाषामा बोल्नेहरूलाई मनाही नगर। तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ।
१ कोरिन्थी 14:34-40 नेपाली समकालीन संस्करण (NCV)
स्त्रीहरू मण्डलीहरूमा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन। व्यवस्थाले भनेअनुसार तिनीहरू अधीनतामा बसून्। यदि तिनीहरू केही कुरा सिक्न चाहन्छन् भने घरमा आफ्ना पतिहरूलाई सोधून्; किनकि स्त्रीहरूको लागि मण्डलीमा बोल्नु ठीक हुँदैन। के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो वचन आएको हो? यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक वरदान पाएको व्यक्ति सम्झन्छ भने, मैले तिमीहरूलाई जे लेखिरहेछु त्यो प्रभुकै आज्ञा हो भनी स्वीकार गरोस्। तर कसैले यो आज्ञाको वास्ता गर्दैन भने तिनीहरूको पनि वास्ता गरिनेछैन। यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, अगमवाणी बोल्ने उत्कट इच्छा राख र अज्ञात भाषाहरूमा बोल्ने विश्वासीहरूलाई नरोक। तर सबै कुरा सुहाउँदो र सुव्यवस्थित ढङ्गमा गरिएको हुनुपर्दछ।
१ कोरिन्थी 14:34-40 पवित्र बाइबल (NERV)
मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ। यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो। के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ। यदि कसैले आफू अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो। यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन। यसैकारण मेरा प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँच्चो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड। तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढङ्गले गरिनु पर्छ।
१ कोरिन्थी 14:34-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्त्रीहरू मण्डलीको सभामा चुप लागेर बसून्। तिनीहरूले कुराकानी गर्नुहुँदैन। व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमै बसून्। यदि तिनीहरूले केही सिक्न चाहे भने घरमा आफ्ना लोग्नेलाई नै सोधून् किनभने मण्डलीको सभा हुँदा स्त्रीले कुराकानी गर्नु लाजको कुरो हो। के तिमीहरूबाटै परमेश्वरको शिक्षा सुरु भएको हो? के तिमीहरूमात्रै परमेश्वरको शिक्षा पाउने हौ? कसैले आफूलाई परमेश्वरका दूत ठान्छ र उसँग आत्माको वरदान छ भने मैले लेखेका कुरा प्रभुकै आज्ञा हो भन्ने थाहा होस्। तर उसले यस कुरालाई सुन्दैन भने उसको पनि कुरै नसुन्नू। प्यारा भाइहरू, अगमवाणी बोल्नमा नै पूरा मन लगाओ, अन्य भाषामा बोल्नेलाई नरोक। तर सबै कुरा ठीकसँग गोल-माल नगरी होस्।