YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 14:34-40

१ कोरिन्थी 14:34-40 NNRV

स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌। केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो। के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो? कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌। तर कसैले यसको वास्‍ता गर्दैन भने, त्‍यसको पनि वास्‍ता गरिनेछैन। यसकारण भाइ हो, अगमवाणी बोल्‍ने उत्‍कट इच्‍छा गर, र अन्‍य भाषामा बोल्‍नेहरूलाई मनाही नगर। तर सबै काम शिष्‍टतापूर्वक र सुव्‍यवस्‍थित ढङ्गले हुनुपर्छ।