१ कोरिन्थी 12:9-11
१ कोरिन्थी 12:9-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्, कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने। तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ।
१ कोरिन्थी 12:9-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अर्कोलाई उही आत्माद्वारा विश्वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू, अर्कोलाई आश्चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने। यी सबै एउटै र उही आत्माका कामहरू हुन्, र यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।
१ कोरिन्थी 12:9-11 पवित्र बाइबल (NERV)
त्यही आत्माले कसैलाई विश्वास दिलाउँछ। अनि त्यही एक आत्माले अरू कसैलाई रोग निको पार्ने वरदान दिन्छ। त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ। एउटै आत्मा, अनि त्यही आत्माले यी सब थोक गर्छ। प्रत्येकलाई के दिनु पर्ने त्यो आत्माले नै निर्णय गर्छ।
१ कोरिन्थी 12:9-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उही पवित्र आत्माले कसैलाई विशेष विश्वास दिनुहुन्छ र कसैलाई बिरामी निको पार्ने वरदानहरू दिनुहुन्छ। कसैलाई चाहिँ अचम्म-अचम्मका काम गर्ने शक्ति दिनुहुन्छ। कसैलाई अगमवाणी बोल्ने (अर्थात् बुझ्ने भाषामा परमेश्वरको तर्फबाट बोल्ने) वरदान, कसैलाई आत्माहरू छुट्याउने वरदान अनि कसैलाई विभिन्न किसिमका अन्य भाषाहरूमा बोल्ने वरदान त कसैलाई ती भाषाहरूको अर्थ खोल्ने वरदान पवित्र आत्माले नै दिनुहुन्छ। यी सबै उही एउटै पवित्र आत्माका काम हुन्। पवित्र आत्माले आफ्नै इच्छाअनुसार सबैलाई यी बेग्ला-बेग्लै वरदानहरू दिनुहुन्छ।