१ कोरिन्थी 12:4-7
१ कोरिन्थी 12:4-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ। सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ। कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ। सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ।
१ कोरिन्थी 12:4-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
वरदानहरू विभिन्न किसिमका छन्, तर पवित्र आत्मा एउटै हुनुहुन्छ। सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ। कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्छ। सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।
१ कोरिन्थी 12:4-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ। सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ। कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ। सबैका भलाइको निम्ति आत्माका वरदानहरू हरेकलाई प्रकट गरिएको छ।
१ कोरिन्थी 12:4-7 पवित्र बाइबल (NERV)
आत्मिक वरदानहरू थरिथरिका हुन्छन् तर ती सबै एउटै आत्माबाट हुन्छ। सेवा गर्ने विभिन्न तरिकाहरू छन्। सबै ती उपायहरू एउटै उही प्रभुबाट हो। अनि परमेश्वरले मानव जातिमा गर्ने कामका उपायहरू एउटै परमेश्वरबाट हुन्। प्रत्येक कुरो गर्न परमेश्वरले हामी सबैमा काम गर्नु हुन्छ। प्रत्येकमा आत्माको उपहार देख्न सकिन्छ। आत्माले सबैको भलोको निम्ति उपहार दिन्छ।
१ कोरिन्थी 12:4-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पवित्र आत्माका वरदानहरू धेरै किसिमका छन् तर वरदान दिने पवित्र आत्मा एउटै हुनुहुन्छ। धेरै किसिमले सेवा चाहिँन्छ तर मालिकचाहिँ एउटै हुनुहुन्छ। धेरै किसिमका ईश्वरीय योग्यताहरू छन् तर हरेकलाई यी सब दिने परमेश्वरचाहिँ एउटै हुनुहुन्छ। सबैको भलाइ होस् भनेर हरेक मानिसलाई पवित्र आत्माको काम प्रकट हुन हरेकलाई वरदानहरू दिइएको छ।