१ कोरिन्थी 12:28
१ कोरिन्थी 12:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्चर्य काम गर्नेहरू, र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्न भाषा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
१ कोरिन्थी 12:28 नेपाली समकालीन संस्करण (NCV)
मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, अनि आश्चर्यपूर्ण काम गर्नेहरू, अनि निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।
१ कोरिन्थी 12:28 पवित्र बाइबल (NERV)
अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ।
१ कोरिन्थी 12:28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले नै मण्डलीमा यसरी राखिदिनुभएको छ– पहिला प्रेरितहरू (प्रेरितहरू), दोस्रो अगमवक्ताहरू, तेस्रो सिकाउने गुरु अनि अचम्मका काम गर्नेहरू, त्यसपछि बिरामी निको पार्ने वरदान पाएकाहरू, अरूलाई सघाउनेहरू, देखरेख गर्नेहरू र विभिन्न भाषा बोल्ने वरदान पाएकाहरू राखिदिनुभएको छ।