१ कोरिन्थी 12:10
१ कोरिन्थी 12:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने।
१ कोरिन्थी 12:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अर्कोलाई आश्चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने।
१ कोरिन्थी 12:10 पवित्र बाइबल (NERV)
त्यही आत्माले एउटालाई अश्चर्यकर्म गर्ने अनि अर्कोलाई अगमवाणी गर्ने शक्ति, अर्कोलाई शुद्ध र अशुद्ध आत्मा खुट्ट्याउन सक्ने शक्ति दिन्छ। त्यही आत्माले नै एउटालाई विभिन्न भाषा बोल्ने वरदान दिन्छ र कोही अर्कालाई ती भाषाहरू अनुवाद गर्ने वरदान दिन्छ।
१ कोरिन्थी 12:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैलाई चाहिँ अचम्म-अचम्मका काम गर्ने शक्ति दिनुहुन्छ। कसैलाई अगमवाणी बोल्ने (अर्थात् बुझ्ने भाषामा परमेश्वरको तर्फबाट बोल्ने) वरदान, कसैलाई आत्माहरू छुट्याउने वरदान अनि कसैलाई विभिन्न किसिमका अन्य भाषाहरूमा बोल्ने वरदान त कसैलाई ती भाषाहरूको अर्थ खोल्ने वरदान पवित्र आत्माले नै दिनुहुन्छ।