YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 12:1-4

१ कोरिन्थी 12:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब दाजुभाइ-दिदीबहिनीहरू हो, आत्मिक वरदानहरूबारे तिमीहरू अनजान बस भन्‍ने म चाहन्‍नँ। तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्‍टका विश्‍वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ। यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्‍वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्‍न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्‍न सक्दैन। वरदानहरू विभिन्‍न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अब दाजुभाइ हो, पवित्र आत्‍माका वरदानको बारेमा तिमीहरूलाई साँचो कुरा बुझाउन चाहन्‍छु। तिमीहरूलाई थाहै छ, प्रभुमा विश्‍वास नगर्दा तिमीहरू कुनै न कुनै किसिमले बोल्‍दै नबोल्‍ने मूर्तिहरू मान्‍थ्‍यौ। परमेश्‍वरको आत्‍मामा चल्‍ने मानिस कसैले पनि “येशूलाई धिक्‍कार!” भन्‍दैन अनि पवित्र आत्‍माले भन्‍न नलाउनुभएसम्‍म कसैले पनि “येशू नै प्रभु हुनुहुन्‍छ,” भन्‍दैन भनी म तिमीहरूलाई जनाउन चाहन्‍छु। पवित्र आत्‍माका वरदानहरू धेरै किसिमका छन् तर वरदान दिने पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्