१ कोरिन्थी 10:12-14
१ कोरिन्थी 10:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ। मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। यसकारण मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग बस।
१ कोरिन्थी 10:12-14 नेपाली समकालीन संस्करण (NCV)
यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौं भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू नलडोस्। मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन, तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ, ताकि तिमीहरूले सहन सक। यसकारण मेरा प्रिय मित्रहरूहो, मूर्तिपूजाबाट अलग बस।
१ कोरिन्थी 10:12-14 पवित्र बाइबल (NERV)
यसैले त्यो जो दह्रिलोसँग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस् ताकि ऊ लड्न नपरोस्। हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ़ता परीक्षा लिनुदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ। यरकारण, मेरा प्रिय मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस।
१ कोरिन्थी 10:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राम्ररी उभिएको छु भन्नेले होश पुर्याओस्, नत्र ऊ लड्नेछ। तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्छ। परमेश्वर विश्वासी हुनुहुन्छ अनि सहनै नसक्ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्छ र जाँच हुँदा तिमीहरूले त्यसलाई सहन सक्छौ। त्यसैकारण प्यारा दाजुभाइहरू, मूर्तिपूजालाई त्याग।