१ कोरिन्थी 10:1-6
१ कोरिन्थी 10:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा पुर्खाहरू बादलमुनि थिए, र तिनीहरू सबै समुद्रको बीचबाट भएर गए भन्ने कुरामा तिमीहरू यस वास्तविकताबाट अनजान रहो भन्ने म चाहन्नँ। तिनीहरू सबै जनाको बादल र समुद्रमा बप्तिस्मा भएर मोशासँग जोडिए। तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए, अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्ट हुनुहुन्थ्यो। तरै पनि परमेश्वर तिनीहरूमध्ये धेरैसँग प्रसन्न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए। हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए।
१ कोरिन्थी 10:1-6 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ, दिदी-बहिनीहरू, हाम्रा पिता-पुर्खाहरूमाथि के बित्यो त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिनीहरू सबै बादल मुनि थिए, अनि ती सबै समुद्र भएर हिंड्थे। तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए। तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए। अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो। तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए। यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।
१ कोरिन्थी 10:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भाइहरू, मोशाका पछि लाग्ने हाम्रा पुर्खाहरूलाई के भएको थियो, सो म बुझाउन चाहन्छु। तिनीहरू सबैलाई मिश्रबाट बादलले बाटो देखाउँदै लग्यो र समुद्रबाट राम्ररी नै पार गरे। अनि बादल र समुद्रमा सबैले मोशाको पछि लागेर बप्तिस्मा पाए। सबैले एकै किसिमको आत्माको खानेकुरो खाए र आत्माकै पानी पिए किनभने तिनीहरूको साथसाथै लागिरहेको आत्मिक पहराबाट निक्लेको पानी नै पिए। यो पहरा ख्रीष्ट आफैं हुनुहुन्थ्यो। तैपनि तिनीहरूसँग परमेश्वर खुसी हुनुभएन र तिनीहरू बनमा सोतर भए। यी सबै हाम्रा लागि नमुना भएका छन्। हामीले पनि तिनीहरूले जस्तै नराम्रो इच्छा राख्नुहुँदैन
१ कोरिन्थी 10:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि हाम्रा पुर्खाहरू सब बादलमुनि थिए, र सबै समुद्रको बीचबाट भएर गए। अनि मोशामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए। सबैले एउटै आत्मिक भोजन खाए। सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टानचाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो। तापनि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्ट भए। उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्।