YouVersion लोगो
खोज आइकन

१ इतिहास 29:26-30

१ इतिहास 29:26-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्‍य गरेका थिए, र तिनले इस्राएलमाथि चालीस वर्ष राज्‍य गरे हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष तिनले राज्‍य गरे। तिनी धन-सम्‍पत्ति र मानले पूर्ण भई पूरा उमेर पुगेर वृद्धावस्‍थामा मरे। तिनीपछि तिनका छोरा सोलोमन राजा भए। दाऊद राजाको राज्‍यका घटनाहरू सुरुदेखि आखिरीसम्‍म, तिनको राज्‍यका पूरा-पूरा वर्णन, र तिनका वीरताका कामहरू, र तिनी र इस्राएल र संसारका अरू सबै देशमा बितेका घटनाहरू दर्शी शमूएल, अगमवक्ता नातान र दर्शी गादका पुस्‍तकहरूमा लेखिएका छन्‌।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्

१ इतिहास 29:26-30 पवित्र बाइबल (NERV)

यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस बर्षसम्म राजा थिए। दाऊद हेब्रोन शहरमा सात बर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस बर्षसम्म राज्य गरे। दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए। राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गादद्वारा लिखित पुस्तकहरूमा छन्। ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घट्नाहरूको बारेमा देखाउँछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।

शेयर गर्नुहोस्
१ इतिहास 29 पढ्नुहोस्