YouVersion लोगो
खोज आइकन

इतिहासको पहिलो पुस्तक 29:26-30

इतिहासको पहिलो पुस्तक 29:26-30 NERV

यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस बर्षसम्म राजा थिए। दाऊद हेब्रोन शहरमा सात बर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस बर्षसम्म राज्य गरे। दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए। राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गादद्वारा लिखित पुस्तकहरूमा छन्। ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घट्नाहरूको बारेमा देखाउँछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।