१ इतिहास 15:1-2
१ इतिहास 15:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे। त्यसपछि लेवीहरूले मात्र परमेश्वरको सन्दूक बोक्नुपर्छ भनी तिनले उर्दी दिए। किनभने तिनीहरू नै त्यो बोक्न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए।
१ इतिहास 15:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीदले आफ्ना निम्ति दावीदको सहरमा भवन निर्माण गरे। तिनले परमेश्वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरे; र त्यसको निम्ति एउटा पाल टाँगे। त्यसपछि दावीदले भने, “लेवीहरूले बाहेक अरू कसैले परमेश्वरको सन्दुक नबोकून्; किनकि याहवेहले तिनीहरूलाई नै याहवेहको सन्दुक बोक्न र सधैँका निम्ति उहाँको सामु सेवा गर्नलाई चुन्नुभएको छ।”
१ इतिहास 15:1-2 पवित्र बाइबल (NERV)
दाऊदले आफ्नो निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे। तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा-सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”
१ इतिहास 15:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदले आफ्नै निम्ति दाऊदको सहरमा घरहरू बनाए। परमेश्वरको करारको सन्दुकको निम्ति पनि उनले ठाउँ तयार पारे र त्यसको निम्ति एउटा पाल टाँगे। त्यसपछि उनले भने, “लेवीहरूले मात्र करारको सन्दुक बोक्नुपर्छ किनभने परमप्रभुले तिनीहरूलाई त्यो बोक्न र सदासर्वदा उहाँको सेवा गर्न छान्नुभएको छ।”