YouVersion लोगो
खोज आइकन

तीतस 3:4-8

तीतस 3:4-8 NCV

तर जब हाम्रा मुक्‍तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो, उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो। हामीले गरेका धार्मिक कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनर्जीवनको स्‍नान अनि पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, जुन आत्मालाई उहाँले हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौं भन्‍ने आशा दिनुभयो। यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, कि जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।

तीतस 3 पढ्नुहोस्