अब हामी के भनौं त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त? यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौं; फेरि कसरी हामी पापमा जिइरहने त? के तिमीहरूलाई थाहा छैन कि हामी जतिजनाले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्तिस्मा लिएका थियौं? तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौं, र जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔं। यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौं भने, निश्चित रूपमा उहाँसँगै उहाँको पुनर्जीवनको समानतामा पनि उहाँसँगै एक हुनेछौं।
रोमी 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 6:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू