YouVersion लोगो
खोज आइकन

रोमी 15:1-6

रोमी 15:1-6 NCV

हामी विश्‍वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्‍न तुल्याउने हुनुहुन्‍न। हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्‍नतिको निम्ति प्रसन्‍न राख्नुपर्छ। किनकि ख्रीष्‍ट आफैले पनि आफूलाई प्रसन्‍न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।” किनकि विगतमा जे लेखिएको थियो, त्यो हामीलाई शिक्षा दिनको निम्ति लेखिएको थियो, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्‍त गर्न सकौं। धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूमा भएको मन जस्तै एक-अर्काप्रति एकताको मन दिऊन्, ताकि तिमीहरू एकै मन र एकै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको महिमा गर्न सक।

रोमी 15 पढ्नुहोस्