YouVersion लोगो
खोज आइकन

रोमी 12:15-21

रोमी 12:15-21 NCV

आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ। एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ। कसैसँग दुष्‍टताको बदला दुष्‍टता नगर। सबैका दृष्‍टिमा जे असल छ, त्यही गर्न ध्यान देओ। सम्भव भएसम्म तिमीहरू सबैसँग शान्तिमा बस। मेरा प्रिय मित्रहरू, बदला नलेओ; तर परमेश्‍वरको क्रोधका लागि छोडिदेओ। किनकि यसरी लेखिएको छ: “बदला लिने काम मेरो हो, म बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्छ। तर यसको सट्टामा: “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खाना देओ; यदि ऊ तिर्खाएको छ भने पिउनलाई केही देओ। यसो गर्‍यौ भने तिमीले त्यसको थाप्लोमा आगोको भुङग्रो राखे बराबर हुनेछ।” खराबीद्वारा पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

रोमी 12 पढ्नुहोस्