YouVersion लोगो
खोज आइकन

रोमी 12:10-18

रोमी 12:10-18 NCV

एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। आशामा आनन्दित होओ, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ। खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो। तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; तिनीहरूलाई आशिष देओ, श्राप होइन। आनन्द गर्नेहरूसँग आनन्दित होऊ; शोक गर्नेहरूसँग शोक गर। एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्‍तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैलाई बुद्धिमानी नसम्झ। कसैसँग दुष्‍टताको बदला दुष्‍टता नगर। सबैका दृष्‍टिमा जे असल छ, त्यही गर्न ध्यान देओ। तिमीहरूलाई सम्भव भएसम्म सबैसँग शान्तिमा बस।

रोमी 12 पढ्नुहोस्

रोमी 12:10-18 को लागि पद छवि

रोमी 12:10-18 - एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा ज्यादा अरूलाई आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गर। आशामा आनन्दित होओ, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ। खाँचोमा परेका परमेश्‍वरका जनहरूसँग बाँडचुँड गर। पाहुनासत्कार कायम राखिरहो।
तिमीहरूलाई सताउनेहरूलाई आशिष देओ; तिनीहरूलाई आशिष देओ, श्राप होइन। आनन्द गर्नेहरूसँग आनन्दित होऊ; शोक गर्नेहरूसँग शोक गर। एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्‍तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैलाई बुद्धिमानी नसम्झ।
कसैसँग दुष्‍टताको बदला दुष्‍टता नगर। सबैका दृष्‍टिमा जे असल छ, त्यही गर्न ध्यान देओ। तिमीहरूलाई सम्भव भएसम्म सबैसँग शान्तिमा बस।

रोमी 12:10-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति