मोशाले व्यवस्थाद्वारा प्राप्त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ यी कामहरूद्वारा जिउनेछ।” तर विश्वासद्वारा प्राप्त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्टलाई ओराल्ने) “अथवा ‘पातालमा को ओर्लने?’ ” (अर्थात् ख्रीष्टलाई मरेकाबाट जीवित पार्ने)। तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ। यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्वास गर्छौ भने तिम्रो उद्धार हुनेछ। किनकि तिम्रो हृदयबाट तिमीले विश्वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्वास स्वीकार गर्छौ र उद्धार पाउँछौ। धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।” किनकि यहूदी र गैरयहूदीमा केही भिन्नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”
रोमी 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 10:5-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू