YouVersion लोगो
खोज आइकन

प्रकाश 5:8-11

प्रकाश 5:8-11 NCV

अनि जब त्यो लिनुभयो, तब ती चारओटा जीवित प्राणीहरू अनि चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, अनि तिनीहरूले धूपले भरिएका सुनका धूपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्। अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ, किनकि तपाईं काटिनुभएको थियो, अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट अनि जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो। तपाईंले तिनीहरूलाई हाम्रा परमेश्‍वरको सेवा गर्नलाई एक राज्य र पूजाहारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।” तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि मैले असंख्य स्वर्गदूतहरूका स्वर सुनें; अनि तिनीहरूका संख्या लाखौं र करोडौं थियो।

प्रकाश 5 पढ्नुहोस्