YouVersion लोगो
खोज आइकन

प्रकाश 4

4
स्वर्गमा भएको सिंहासन
1त्यसपछि मैले देखें, स्वर्गमा एउटा खुला ढोका थियो। अनि मैले पहिले सुनेको स्वर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनैपर्छ, सो म तिमीलाई देखाउनेछु।” 2म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो। 3अनि त्यहाँ जो बसिरहनुहुनेको मुहार बिल्‍लौर र लालमणिझैं देखिन्थ्यो। त्यहाँ पन्‍नाजस्तै इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो। 4त्यस सिंहासनका वरिपरि चौबीसओटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए। 5सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सातओटा बत्तीहरू बलिरहेका थिए, जो परमेश्‍वरका सात आत्माहरू हुन्। 6सिंहासनको अगाडि स्फटिकझैं पारदर्शी काँचको समुद्रजस्तो थियो।
सिंहासनको बीचमा चारैतिर चारओटा जीवित प्राणीहरू थिए, अनि तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए। 7पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो। 8प्रत्येक जीवित प्राणीका छओटा पखेटाहरू थिए; र ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकिकन यसो भनिरहन्थे:
“पवित्र, पवित्र, पवित्र,
सर्वशक्‍तिमान परमप्रभु परमेश्‍वर,
जो हुनुहुन्थ्यो, हुनुहुन्छ, अनि जो हुनआउनुहुनेछ।”#4:8 यशै 6:3
9सिंहासनमा बस्‍नुहुने, अनि सदा-सर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्, 10तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्‍नुहुने अनि सदा-सर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्:
11“हाम्रा प्रभु अनि परमेश्‍वर,
तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ,
किनकि तपाईंले सब थोक सृष्‍टि गर्नुभयो,
अनि तपाईंको इच्छाद्वारा नै ती सृष्‍टि गरिए,
अनि ती अस्तित्वमा आए।”

अहिले सेलेक्ट गरिएको:

प्रकाश 4: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्