YouVersion लोगो
खोज आइकन

प्रकाश 13:11-18

प्रकाश 13:11-18 NCV

तब मैले पृथ्वीबाट माथि निस्कँदै गरेको अर्को पशु देखें। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले झैं बोल्थ्यो। त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो, अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो। अनि त्यसले अचम्मका चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्‍यो। त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउन हुकुम दियो। त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्। त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू, प्रत्येकलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लाउन कर लगायो। त्यो छापचाहिँ त्यस पहिलो पशुको नाउँ अथवा त्यसको नाउँको संख्या हो, यो छाप नभईकन कसैले पनि किन्‍न वा बेच्न नपाउने भयो। बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्, किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।

प्रकाश 13 पढ्नुहोस्