YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 99

99
भजन 99
1याहवेहले राज्य गर्नुहुन्छ;
राष्ट्रहरू थरथर कामून्;
उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ;
पृथ्वी हल्‍लियोस्!
2सियोनमा याहवेह महान् हुनुहुन्छ;
उहाँ सबै राष्ट्रहरूमाथि सर्वोच्‍च हुनुहुन्छ।
3तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्—
उहाँ पवित्र हुनुहुन्छ।
4राजा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले न्यायलाई मन पराउनुहुन्छ—
तपाईंले निष्पक्षता स्थापना गर्नुभएको छ;
तपाईंले याकोबमा
न्याय र धार्मिकता सम्पन्‍न गर्नुभएको छ।
5याहवेह हाम्रा परमेश्‍वरलाई उच्‍च पार,
र उहाँको पाउदानमा आराधना गर;
उहाँ पवित्र हुनुहुन्छ।
6उहाँका पुजारीहरूमध्ये मोशा र हारून थिए,
र शमूएल उहाँका नाम पुकार गर्नेहरू मध्येका एक थिए;
तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो;
उहाँले तिनीहरूलाई दिनुभएका विधान र उर्दीहरूको तिनीहरूले पालन गरे।
8हे याहवेह, हाम्रा परमेश्‍वर,
तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो;
तपाईं इस्राएलीहरूका निम्ति क्षमाशील परमेश्‍वर हुनुहुन्थ्यो,
यद्यपि तपाईंले तिनीहरूका दुष्कर्महरूलाई दण्ड दिनुभयो।
9याहवेह, हाम्रा परमेश्‍वरलाई उच्‍च पार,
र उहाँको पवित्र पर्वतमा आराधना गर;
किनकि याहवेह हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 99: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्