YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 83

83
भजन 83
एउटा गीत, आसापको भजन।
1हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्;
हे परमेश्‍वर, आफ्नो कान नथुन्‍नुहोस्;
तपाईं निष्क्रिय नहुनुहोस्!
2हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्,
तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्।
3तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्;
तिनीहरू तपाईंले अनमोल ठान्‍नुभएकाहरूको विरुद्धमा मतो गर्छन्।
4तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ;
ताकि इस्राएल भन्‍ने नामको सम्झना नै नरहोस्!”
5तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्;
तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्—
6एदोमीहरू र इश्माएलीहरूका पालहरू,
मोआबीहरू र हग्रीहरू,
7गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू,
पलिश्तीहरू र टायरका निवासीहरू।
8लोतका सन्तानलाई सशक्त पार्न,
अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला
9मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्,
कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्,
10जो एन्दोरमा नाश पारिएका थिए,
र जमिनमा फोहोर भएका थिए।
11तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ,
राजकुमारहरूलाई जेबह र सल्मुन्‍नाजस्तै बनाउनुहोस्;
12जसले भने, “हामी परमेश्‍वरका खर्कलाई
कब्जा गरौँ।”
13हे मेरा परमेश्‍वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ,
बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्!
14जसरी आगोले जङ्गल भस्म पार्छ,
र ज्वालाले पहाड जलाउँछ,
15त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस्
र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!
16तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह,
तिनीहरूले तपाईंको नामको खोजी गरून्।
17तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्;
तिनीहरू अपमानमा नष्‍ट होऊन्।
18तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो—
तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्‍च परमेश्‍वर हुनुहुन्छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 83: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्