YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 8

8
भजन 8
सङ्गीत निर्देशकको निम्ति गित्तीथ#8:0 शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द मा आधारित, दावीदको भजन।
1हे याहवेह, हाम्रा प्रभु,
सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!
स्वर्गभन्दा उच्‍चमा
तपाईंले आफ्नो महिमा स्थापित गर्नुभएको छ।
2तपाईंले केटाकेटीहरू र शिशुहरूका प्रशंसाबाट,
आफ्ना शत्रुहरू र विरोधीहरूलाई चुप गराउनलाई
शत्रुहरूका विरुद्ध बलियो किल्‍ला स्थापना गर्नुभएको छ।
3जब म तपाईंका औँलाहरूद्वारा
बनाइएको आकाशलाई,
तपाईंले स्थापित गर्नुभएका चन्द्रमा
र ताराहरूमाथि विचार गर्छु,
4मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
5तपाईंले तिनीहरूलाई#8:5 अथवा उहाँलाई स्वर्गदूतहरूभन्दा#8:5 अथवा परमेश्‍वरभन्दा केही कम बनाउनुभएको छ,
र तिनीहरूलाई#8:5 अथवा उहाँलाई महिमा र आदरको मुकुट पहिर्‍याइदिनुभएको छ।
6तपाईंका हातका कार्यहरूमाथि तपाईंले तिनीहरूलाई शासक बनाउनुभएको छ;
र तपाईंले सबै थोक तिनीहरूका पैतालामुनि राखिदिनुभएको छ:
7सबै भेडाबाख्रा र गाईगोरुहरू,
र सबै जङ्गली पशुपक्षीहरू,
8आकाशका चराचुरुङ्गीहरू
र समुद्रका माछाहरू
र समुद्रभित्र पौडने सबै जन्तुहरू।
9हे याहवेह, हाम्रा प्रभु,
सारा पृथ्वीभरि तपाईंको नाम कति प्रतापी छ!

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 8: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्