YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 75

75
भजन 75
सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, आसापको भजन; एक गीत।
1हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,
हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ;
मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
2तपाईं भन्‍नुहुन्छ, “मैले उचित समय ठहराएको छु;
मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।
3जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्,
त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला
4घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’
र दुष्‍ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ#75:4 सिङ ले यहाँ शक्ति जनाउँदछ; पद 5 र 10 मा पनि नउठाओ,
5स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ;
मुन्टो बटारेर घमण्डसाथ नबोल।’ ”
6किनकि विजय पूर्वबाट वा पश्‍चिमबाट
वा मरुभूमिबाट आउँदैन।
7परमेश्‍वरले न्याय गर्नुहुन्छ:
उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्‍च पार्नुहुन्छ,
8याहवेहको हातमा एउटा कचौरा छ,
जसमा मसाला मिसिएको फीँज भएको मद्य छ;
उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्‍टहरूले
मद्यको थिग्रासम्मै पिउँछन्।
9तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु;
म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु,
10जसले भन्‍नुहुन्छ, “म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु;
तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 75: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्