साँच्चै नै परमेश्वर इस्राएलको निम्ति भलो हुनुहुन्छ; तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ। तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ; किनकि जब मैले दुष्टहरूको उन्नति देखेँ, तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ। तिनीहरूलाई कुनै पीडा छैन; तिनीहरूका शरीर एकदम हृष्टपुष्ट र बलिया छन्। अन्य मानिसहरूझैँ तिनीहरू कष्टमा पर्दैनन्; मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन। यसकारण अहङ्कार तिनीहरूका गहना हो, र हिंसा तिनीहरूका पहिरन। तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ; तिनीहरूका दुष्ट कल्पनाको कुनै सीमा छैन। तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्; अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्। तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्, र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्। त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्, र प्रशस्ततामा पानी पिउँछन्। तिनीहरूले भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ र? के सर्वोच्च परमेश्वरमा कुनै कुराको ज्ञान छ र?” दुष्टहरू कस्ता हुन्छन्— तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्।
भजनसंग्रह 73 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 73:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू