साँच्चै नै इस्राएलको निम्ति परमेश्वर भला हुनुहुन्छ, तिनीहरूका निम्ति जसको हृदय शुद्ध छ। तर मेरा खुट्टा प्राय: चिप्लन लागेका थिए। मैले मेरो टेक्ने आधार हराउन लागेको थिएँ। किनकि दुष्टहरूको उन्नति देखेर ती अहङ्कारीहरूको म डाह गर्दथें। तिनीहरूलाई कठिनाइ छैन, तिनीहरूका शरीर स्वस्थ र बलिया छन्। अरू मानिसहरूझैँ तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूमाथि मानव खराबी आइलाग्दैनन्। यसकारण अहङ्कार तिनीहरूको सिक्री हुन्छ, र तिनीहरू हिंसाको वस्त्र लाउँछन्। तिनीहरूका निष्ठुर हृदयबाट दुष्टता निस्कन्छ, तिनीहरूका मनको दुष्ट अहङ्कारको सीमा छैन। तिनीहरू ठट्टा गर्छन्, अनि डाहका कुरा गर्छन्, र आफ्नो अहङ्कारमा अत्याचार गर्ने धम्की दिन्छन्। तिनीहरूका मुखले स्वर्गकै दाबी गर्छन्, र तिनीहरूका जिब्राले पृथ्वीलाई अधिकार गर्छन्। यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्छन्, र प्रशस्त पानी पिउँछन्। तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ र? के सर्वोच्चमा ज्ञान छ र?” हेर, दुष्टहरू यस्ता छन्। सधैँ निश्चिन्त, तिनीहरू धन बढ़ाउँछन्।
भजनसंग्रह 73 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 73
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 73:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू