हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्! तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्; तपाईंको कान मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्! तपाईं मेरो आश्रयको चट्टान बन्नुहोस्, जहाँ म सधैँ जान सकूँ; मलाई बचाउने आज्ञा दिनुहोस्; किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ। हे मेरा परमेश्वर, मलाई दुष्टहरूका हातबाट, अन्यायी र निर्दयी मानिसहरूका पञ्जाबाट छुटाउनुहोस्! किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ; युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ। मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु; मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो। म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु। म धेरै जनाको निम्ति चिन्ह भएको छु; तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ। मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ; दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु।
भजनसंग्रह 71 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 71:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू