हे परमप्रभु, तपाईंमा मैले शरण लिएको छु, मैले कहिल्यै शर्माउनु नपरोस्। तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र मलाई छुटाउनुहोस्, आफ्नो कान मतिर थाप्नुहोस्, र मलाई बचाउनुहोस्। मेरो निम्ति आश्रयको चट्टान बन्नुहोस्, जहाँ म सधैँ जान सक्छु। मलाई बचाउन आज्ञा दिनुहोस्, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ। हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट र अन्यायी तथा निर्दयी मानिसको पन्जाबाट छुटाउनुहोस्। किनकि हे परमप्रभु परमेश्वर, तपाईं मेरो आशा हुनुभएको छ, मेरो युवाकालदेखि नै मेरो भरोसा। जन्मदेखि नै मैले तपाईंमाथि भरोसा गरेको छु। मेरी आमाको गर्भबाट मलाई निकाल्ने तपाईं हुनुहुन्छ, निरन्तर म तपाईंकै प्रशंसा गरिरहनेछु। धेरैका निम्ति म एउटा अपशकून भएको छु, तर तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ। मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ, सारा दिन तपाईंको प्रतापको घोषणा गर्दछु।
भजनसंग्रह 71 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 71
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 71:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू